Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • दुई हजार ८०७ सुरक्षाकर्मी शहीद

दुई हजार ८०७ सुरक्षाकर्मी शहीद

alt
  • माघ १५, २०७५
  • रासस

काठमाडौँ /  सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।  सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । 

उहाँले भन्नुभयो, “हिजो अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले एउटा नयाँ काम गरेको छ, नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरीका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ लाई शहीद घोषणा गरिएकोे छ ।” 

यो सम्मानले हिजोका दिन भएकोे असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना जागृत गर्नाका साथै शहीदका परिवारको सम्मान र राहतका विषयलाई प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । 

छोटो समयमा सशस्त्र प्रहरीले असाधारण रूपले प्रगति गरेकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार क्रियाशील रहेको बताए । “भ्रष्टाचार रोक्न, नेपाल सरकार र सरकारी निकाय सजक छन्, म आफू गर्दिन, गर्न पनि दिन्न, यसमा कसैको अनुहार हेरिँदैन ।” उनले भने । 

अहिलेको सरकारले राजनीतिक प्रतिशोधका हिसाबले वा कुनै अनुचित हिसाबले भ्रष्टाचारको मुद्दा उठाएको नभई देशलाई भ्रष्टाचारमुक्त गराई विकासका कामलाई अगाडि बढाउने र स्वच्छता तथा पारदर्शी गर्ने कुरालाई ध्यानमा राखेर भ्रष्टाचारको कुरा उठाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

लोकतन्त्र प्राप्तिको कठिन यात्रा सफलताका साथ पूरा गरेर नमूनायोग्य र अनुकरणीय काम गरिएको स्मरण गराउँदै उहाँले शान्ति प्रक्रियाका अवशेष अझै बाँकी रहेकाले खाटो बसेको घाउमा मलम लगाउने बेला आएको बताए । 

उनले विभिन्न बहानामा शान्ति खल्बल्याउने, समाजमा हिंसा फैलाउने, जनतालाई आतङ्कित पार्ने, शान्ति र सुव्यवस्था छैन भन्ने परिस्थिति सिर्जना गर्ने वा राष्ट्रिय अखण्डतामै असर पार्नेेजस्ता देशद्रोही क्रियाकलाप हुन नदिने बताए ।  जनताबाट अभिभारा लिएर देशलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउने कुरा र सुशासन तथा समृद्धि र विकासका काममा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले प्रष्ट पारे । 
उनले भने, “यस अवसरमा म सबैलाई आग्रह गर्न चाहन्छु, शान्ति हामी सबै नेपालीको साझा आकाङ्क्षा हो, देशको गौरव प्रतिष्ठा र सम्मान आज बढेको छ, बढाउँदै जानुपर्छ ।”  विश्व आर्थिक मञ्चले ४९ वर्षमा पहिलोपटक नेपाललाई सम्झेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको विचार, दृष्टिकोण, अबस्था र आकाङ्क्षालाई डाभोसको बैठकमा प्रष्टरुपमा बताइएको उल्लेख गरे । उनले अनुपयुक्त ग्रन्थीमा अल्झिएर समृद्ध देश बनाउने अवसरलाई गुमाउन नहुने र सबै एकजुट र कर्तव्यनिष्ठ हुँदै अगाडि बढनुपर्ने औँल्याए ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल जनताको नजरमा भरोसा लाग्दो सुरक्षा सङ्गठनका रुपमा स्थापित भएको बताए । 


––– 

 
सम्बन्धित समाचार
धराने मोमोको व्यापार सुरु

धरान । युएन–नवोदय कलेजले ‘टिचिङ होटल स्कुल’ अवधारणाअनुरूप ‘धराने मोमो’ को व ...

सिद्धार्थ स्पोर्टिङ लगातार तेस्रो जितसँगै फाइनलमा

विराटनगर । विराटनगर क्रिकेट लिगमा सिद्धार्थ स्पोर्टिङ क्लब लगातार तीन खेल ज ...

एनसेलको छुट अफर

धरान । एनसेल र भाटभटेनीले संयुक्तरूपमा विशेष अफर सार्वजनिक गरेका छन् ।  ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धराने मोमोको व्यापार सुरु
सिद्धार्थ स्पोर्टिङ लगातार तेस्रो जितसँगै फाइनलमा
एनसेलको छुट अफर
मनोनयनले दिएको सन्देश र मतदाताको कार्यभार
आजको राशिफलः २०८२ साल माघ ८ गते बिहीबार
चुनावी सरकारका मन्त्री नै चुनावमा
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम
कोशी प्रदेशमा ५०४ को उम्मेदवारी
फागुन–२१ः लोकतन्त्रको उत्सव बनोस्
आजको राशिफलः २०८२ साल माघ ७ गते बुधबार
नवोदय–युएनमा स्पोर्ट्स मिट
आज मनोनयन दर्ता
प्राथमिकतामा परेनन् प्रत्यक्ष निर्वाचनमा महिला
प्रदेश र स्थानीय तह छाडेर प्रतिनिधिसभामा उम्मेदवारी
मतदाताज्यू उम्मेदवारलाई प्रश्न गर्नुस्
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved