Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /राजनीति
राजनीति

दुई हजार ८०७ सुरक्षाकर्मी शहीद

र रासस माघ १५, २०७५ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
दुई हजार ८०७ सुरक्षाकर्मी शहीद

काठमाडौँ /  सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।  सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । 

उहाँले भन्नुभयो, “हिजो अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले एउटा नयाँ काम गरेको छ, नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरीका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ लाई शहीद घोषणा गरिएकोे छ ।” 

यो सम्मानले हिजोका दिन भएकोे असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना जागृत गर्नाका साथै शहीदका परिवारको सम्मान र राहतका विषयलाई प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । 

छोटो समयमा सशस्त्र प्रहरीले असाधारण रूपले प्रगति गरेकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार क्रियाशील रहेको बताए । “भ्रष्टाचार रोक्न, नेपाल सरकार र सरकारी निकाय सजक छन्, म आफू गर्दिन, गर्न पनि दिन्न, यसमा कसैको अनुहार हेरिँदैन ।” उनले भने । 

अहिलेको सरकारले राजनीतिक प्रतिशोधका हिसाबले वा कुनै अनुचित हिसाबले भ्रष्टाचारको मुद्दा उठाएको नभई देशलाई भ्रष्टाचारमुक्त गराई विकासका कामलाई अगाडि बढाउने र स्वच्छता तथा पारदर्शी गर्ने कुरालाई ध्यानमा राखेर भ्रष्टाचारको कुरा उठाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

लोकतन्त्र प्राप्तिको कठिन यात्रा सफलताका साथ पूरा गरेर नमूनायोग्य र अनुकरणीय काम गरिएको स्मरण गराउँदै उहाँले शान्ति प्रक्रियाका अवशेष अझै बाँकी रहेकाले खाटो बसेको घाउमा मलम लगाउने बेला आएको बताए । 

उनले विभिन्न बहानामा शान्ति खल्बल्याउने, समाजमा हिंसा फैलाउने, जनतालाई आतङ्कित पार्ने, शान्ति र सुव्यवस्था छैन भन्ने परिस्थिति सिर्जना गर्ने वा राष्ट्रिय अखण्डतामै असर पार्नेेजस्ता देशद्रोही क्रियाकलाप हुन नदिने बताए ।  जनताबाट अभिभारा लिएर देशलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउने कुरा र सुशासन तथा समृद्धि र विकासका काममा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले प्रष्ट पारे । 
उनले भने, “यस अवसरमा म सबैलाई आग्रह गर्न चाहन्छु, शान्ति हामी सबै नेपालीको साझा आकाङ्क्षा हो, देशको गौरव प्रतिष्ठा र सम्मान आज बढेको छ, बढाउँदै जानुपर्छ ।”  विश्व आर्थिक मञ्चले ४९ वर्षमा पहिलोपटक नेपाललाई सम्झेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको विचार, दृष्टिकोण, अबस्था र आकाङ्क्षालाई डाभोसको बैठकमा प्रष्टरुपमा बताइएको उल्लेख गरे । उनले अनुपयुक्त ग्रन्थीमा अल्झिएर समृद्ध देश बनाउने अवसरलाई गुमाउन नहुने र सबै एकजुट र कर्तव्यनिष्ठ हुँदै अगाडि बढनुपर्ने औँल्याए ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल जनताको नजरमा भरोसा लाग्दो सुरक्षा सङ्गठनका रुपमा स्थापित भएको बताए । 


––– 

 
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

१२ दिन ढिलो बाहिरियो मनसुन
असोज २८, २०८३
दैवी विपत्तिबाट भएको क्षति पुनर्निर्माण गर्न साढे पाँच खर्ब
असोज २८, २०८३
ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी
असोज २८, २०८३
छापा संस्करण [ePaper]
  1. १२ दिन ढिलो बाहिरियो मनसुन
    असोज २८, २०८३
  2. दैवी विपत्तिबाट भएको क्षति पुनर्निर्माण गर्न साढे पाँच खर्ब
    असोज २८, २०८३
  3. ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी
    असोज २८, २०८३
  4. दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन
    असोज २८, २०८३
  5. भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
    असोज २८, २०८३
  6. बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
    असोज २८, २०८३
  7. चीन–उत्तर कोरिया जोड्ने पुल खुल्ने
    असोज २८, २०८३
  8. दुई मोटरसाइकलसहित ५७ किलो गाँजा बरामद
    असोज २८, २०८३
  9. चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन
    असोज २८, २०८३
  10. साँझपख झनै चम्कन्छ भानुचोक
    असोज २८, २०८३
  11. महेन्द्र पथमा घर निर्माण रोक्का रहे पनि भित्रभित्रै पक्की घर
    असोज २८, २०८३
  12. याङवरक पोखरी खानेपानी आयोजना सम्पन्न, ३६५ घरधुरी लाभान्वित
    असोज २८, २०८३
  13. सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा
    असोज २८, २०८३
  14. नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
    असोज २८, २०८३
  15. कवि अस्मिता विष्टको निबन्ध कृति धरानमा सार्वजनिक
    असोज २७, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड