Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • प्रदेश नं २ मा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने यस्ताे छ तयारी

प्रदेश नं २ मा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने यस्ताे छ तयारी

alt
  • वैशाख ७, २०७६
  • रासस
 
धनुषा /  प्रदेश नं २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ । प्रदेश नं २ सरकार गठन भएदेखि नै कर्मचारी अभावले कामकाज प्रभावित भइरहेको भन्दै कर्मचारी भर्नाको लागि प्रदेश सरकारले प्रक्रिया थालनी गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारलाई बोधार्थ दिँदै वैशाख ३ गते नै लोकसेवा आयोगका अध्यक्षलाई सिधै पत्र लेखेर प्रदेश नं २ र त्यसभित्रका स्थानीय तहमा आवश्यक कर्मचारी प्रदेश लोकसेवा आयोग गठनपछि नै भर्ना गर्ने भन्दै सङ्घबाट विज्ञापन नखोल्न आग्रह गरे ।
 
प्रदेश लोकसेवा आयोगले प्रदेश सरकारका विभिन्न मन्त्रालयदेखि विभागका लागि पहिलो चरणमा साउनमा आवेदन खोल्ने तयारी गरेको बताइएको छ । खरदारदेखि सहसचिव तहसम्म विज्ञापन गरेर कर्मचारी भर्ना गर्ने तयारी थालिएको बताइएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले कृषि, शिक्षा, इञ्जिनीयरिङसहितको प्राविधिक, स्वास्थ्य, प्रशासन, कानूनलगायत आठवटा सेवा समूहको विज्ञापन गर्ने तयारी रहेको बताए । ‘‘विस्तारै सबै सेवामा विज्ञापन गर्ने गरी फास्ट ट्र्याकमा हामी कामलाई अगाडि बढाउँछौँ’’, मन्त्री यादवले भने, “हामीले संवैधानिक निकाय लोकसेवा आयोग जस्तै निष्पक्ष आयोग बनाउछौँ ।”
 
सङ्घीय संसद्ले बनाएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन २०७५’ समेत प्रदेश सभाबाट स्वीकृत भइसकेको छैन । कानूनमन्त्री यादवले सबै काम ‘फास्टट्र्याक’मा सकेर कर्मचारी भर्नाका लागि आवेदन खोल्ने बताए । उनले चालू आर्थिक वर्षमा प्रदेश लोकसेवा आयोगको सम्पूर्ण संरचना निर्माण गरेर विज्ञापन समेत आह्वान गर्ने गरी काम अगाडि बढाउने प्रदेश सरकारको लक्ष्य रहेको जनाए । मन्त्री यादवले भने,“आर्थिक वर्ष २०७६÷७७ को साउन महीनामै प्रदेशमा आवश्यक कर्मचारीका लागि विज्ञापन खुल्छ, त्यसपछि स्थानीय तहका लागि पनि काम अगाडि बढाउने लक्ष्य छ ।” प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाका अनुसार प्रदेश लोकसेवा आयोग विधेयक प्रदेशसभामा दर्ता भएको छ ।
 
विधेयकमा सबै राजनीतिक दलबीच मोटामोटी सहमति भएकाले १० दिनभित्र उक्त विधेयक पारित गराउने सरकारको लक्ष्य रहेको झाले बताए । झाले भने  “विधेयक पारितपछि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट प्रमाणीकरण र प्रदेश राजपत्रमा उक्त ऐन प्रकाशित हुन समय लाग्दैन । त्यो सबै काम वैशाखभित्रै सम्पन्न हुन्छ ।” प्रदेश लोकसेवा आयोगमा अध्यक्ष र सदस्य सिफारिस गर्न मुख्यमन्त्री राउतको अध्यक्षतामा प्रदेशसभाका सभामुख सरोजकुमार यादव र प्रमुख प्रतिपक्षी दल नेकपाका नेता सत्यनारायण मण्डल सदस्य रहेको सिफारिस समिति बनेको छ । ऐन निर्माणपछि समितिले एक अध्यक्ष र कम्तीमा एक महिलासहित दुई सदस्य रहने गरी प्रदेश लोकसेवा आयोग गठनका लागि सिफारिस गनेछ । पूर्वमन्त्री एवं पूर्वसचिव विद्याधर मल्लिकको संयोजकत्वमा प्रदेश सरकारले प्रदेश प्रशासनिक संरचनासम्बन्धी आयोग गठन गरेको थियो । मुख्य न्यायाधीवक्ता झाले भन्नुभयो, “उक्त आयोगले सबै अध्ययन अनुसन्धान गरेर प्रतिवेदन तयार गरी त्यसको मस्यौदा अनौपचारिक रूपमा मुख्यमन्त्रीलाई दिइसकेको छ, अब केही दिनमै त्यो प्रतिवेदन औपचारिक रूपमा मुख्यमन्त्रीलाई हस्तान्तरण गरिनेछ ।” मल्लिक आयोगले प्रदेश सरकारका लागि कूल पाँच हजार ७६ कर्मचारी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
सम्बन्धित समाचार
झापा–२ को चुनावी चर्चाः पूर्व सभामुख घिमिरेलाई महिला उम्मेदवारको चुनौती

भद्रपुर । झापाको एउटै निर्वाचन क्षेत्रमा यसपटक चुनावी राजनीति असाध्यै रोचक ...

सशस्त्र प्रहरीको गम्भीर कमजोरी–इन्सेक प्रतिवेदन

धरान । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स ...

पूर्वमा बालेन क्रेज

धरान । काठमाडौं महानगरको नगर प्रमुखबाट राजीनामा दिएर राजनीतिमा होमिएका बाले ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापा–२ को चुनावी चर्चाः पूर्व सभामुख घिमिरेलाई महिला उम्मेदवारको चुनौती
सशस्त्र प्रहरीको गम्भीर कमजोरी–इन्सेक प्रतिवेदन
पूर्वमा बालेन क्रेज
आजको राशिफलः २०८२ साल माघ ११ गते आइतबार
सडक दुर्घटनाः चालकको लापरबाही नै मुख्य कारण
झापा ५ को चुनाव चर्चाको शिखरमा
आज सरस्वती पूजा
वैदेशिक व्यापार घाटा नेपाली अर्थतन्त्रको पुरानै रोग
आजको राशिफलः २०८२ साल माघ ९ गते शुक्रबार
धराने मोमोको व्यापार सुरु
सिद्धार्थ स्पोर्टिङ लगातार तेस्रो जितसँगै फाइनलमा
एनसेलको छुट अफर
मनोनयनले दिएको सन्देश र मतदाताको कार्यभार
आजको राशिफलः २०८२ साल माघ ८ गते बिहीबार
चुनावी सरकारका मन्त्री नै चुनावमा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved