धरान/ सप्तकोशी नदीमा पानीको स्तर घट्दै गएपछि कोशी व्यारेज कन्ट्रोल रुमले ४३ वटा ढोका खुल्ला गरेको छ ।

१० बजेको मापन अनुसार २ लाख ३३ हजार ९६० क्युसेक क्यूसेक पुगेको छ । हिजाे राती ५६ वटै ढाेका खाेले पछि काेशीकाे जलस्तर घटेर गएकाे थियाे ।

राती ९ बजेको मापन अनुसार पानीका वहाव ३ लाख ७१ हजार एक सय १० क्यूसेक पुगेको छ । पानी निरनतर परिरहेकाले कोशीको जलस्तर बढ्दोक्रममा रहेको उनले बताए । 

कोशीको पानीको वहाव मापनको कन्ट्रोल भारतको हातमा रहेको छ । बढि ढोका खोल्दा विहारका जिल्ला ढुवानमा पर्ने भन्दैं भारतले विगत बर्षहरुमा सबै ढोका खोल्न मान्दैंन थियो ।