Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • पहिलोपटक पाइपलाइनबाट इन्धनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो

पहिलोपटक पाइपलाइनबाट इन्धनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो

alt नेपाल–भारत पेट्रोलियम पाईपलाईन परियोजनाअन्तर्गत मङ्गलबारदेखि सञ्चालनमा आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा इन्धन भण्डारणका लागि स्तरीकरण गरिएका ट्याङ्की । तस्वीर : नवीन पौडेल
  • भदौ २४, २०७६
  • प्रकाश सिलवाल र अशोक घिमिरे (रासस)
 
पाइपलाइनबाट इन्धन ल्याइन थालेपछि ढुवानी खर्च कम भई नेपाली बजारमा उपभोक्ताले राहत पाउन थालेका छन् । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनको मूल्य समायोजन गरी आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु दुई/दुई घटाएपछि उपभोक्तालाई राहत भएको हो । मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल रु ९५ र पेट्रोल रु १०७ कायम भएको छ ।
 
यसअघि पेट्रोलको मूल्य रु १०९ र डिजेल/ मट्टीतेलको मूल्य प्रतिलिटर रु ९७ थियो । पाइपलाइनका कारण ढुवानी खर्च जोगिने भएपछि स्वचालित प्रणालीमा भाउ बढेमा कम प्रतिशतमा वृद्धि हुनेछ । पाइपलाइनाबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक रु दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । मुलुकले समृद्धि र आर्थिक विकासको लक्ष्य लिइरहेको बेला यस राष्ट्रिय आयोजनाले प्रत्यक्ष योगदान दिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोट थिचेर इन्धन ‘सेन्डिङ’ र प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘रिसिभिङ’ गरेपछि आज परियोजनाको शुभारम्भ भएको थियो । यसअघि भारतको रक्सौल नाकाबाट दैनिक १५० भन्दा बढी गाडीमा पेट्रोल र डिजेल आउने गरेकामा त्यसको ढुवानी खर्च पूरै बचत हुनेछ । पाइपलाइनका लागि अतिरिक्त कर्मचारी र बिजुली खर्च लाग्ने छैन । यसरी नयाँ प्रविधिबाट तेल आउँदा प्रतिलिटर ६० पैसासम्म कम पर्न आउने अनुमान गरिएको छ ।
 
परियोजना शुरु भएपछि वार्षिक करीब रु दुई अर्ब बचत हुने निगमको अनुमान छ । हाल भारतबाट छ हजार किलोलिटर डिजेल र एक हजार किलोलिटर पेट्रोल आयात हुँदै आएको छ । यस परियोजनाले मासिक रु एक अर्ब २९ करोड घाटामा रहेको निगमलाई पनि घाटापूर्तिमा सघाउनेछ । नेपालमा पेट्रोलभन्दा डिजेलको माग बढी भएकाले हालका लागि यसबाट डिजेल ल्याइनेछ । आवश्यकताअनुसार चौबीसै घण्टा चल्ने यो पाइपलाइनबाट प्रतिघण्टा २०० किलोलिटर तेल झर्ने क्षमता छ ।
NP_KTM_20190805_NP_KTM_20190805_IMG_3244
नेपाल–भारत पेट्रोलियम पाईपलाईन परियोजनाअन्तर्गत मङ्गलबारदेखि सञ्चालनमा आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा इन्धन भण्डारणका लागि स्तरीकरण गरिएका ट्याङ्की । तस्वीर : नवीन पौडेल
 
नेपाल आयल निगमका अमलेखगञ्ज डिपो (क्षेत्रीय कार्यालय)का प्रमुख प्रदीप यादवका अनुसार परियोजनाको ‘पाइपिङ’ प्रणालीअन्तर्गत मेकानिकल र सिभिलकार्य गत महीना सकिए पनि शुभारम्भको मिति आज जुरेकाले डिजेल ल्याउन शुरु गरिएको हो । भारतीय पक्षले नेपालका २५ कर्मचारी र प्राविधिकलाई लखनऊमा दुई साताको तालीम दिएको थियो भने अबको एक वर्षसम्म परियोजनालाई प्राविधिक सहयोग गर्नेछ । दक्षिण एशियामै पहिलो अन्तरदेशीय पाइपलाइन नेपालतर्फ ३६ दशमलव २ र भारततर्फ ३३ किलोमिटर गरी कूल ६९ दशमलव २ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भई यसअघि परीक्षणका रुपमा पाइपबाट डिजेल ल्याइसकिएको छ ।
 
यो दक्षिण एशियामै पहिलो अन्तरदेशीय (क्रस बोर्डर) पाइपलाइन परियोजना हो । पाइपलाइनबाट डिजेल, पेट्रोल ल्याउन थालेपछि यसको प्रविधिबाट सम्पूर्ण सूचना (विवरण) नियन्त्रण कक्षमा जानकारी हुने प्रणाली विकास गरिएको छ । कति आएको, चुहिएको, रोकिएको वा कुनै अवरोध भएमा त्यसको सूचना कम्प्युटर प्रणालीमा जानकारी हुनेछ । शुरुमा रक्सौल–अमलेखगञ्जसम्म पाइपलाइन बिछ्याउने भनिएकामा भारतीय आयल निगमले रक्सौलको डिपो मोतिहारीमा सारेकाले मोतिहारीदेखि नै पाइप बिछ्याइएको हो ।
 
भारतको बरौनीबाट पटना, कानपुर, सेवान, मोतिहारी हुँदै अमलेखगञ्जमा इन्धन आउनेछ । पाइपलाइन शुरु भएपछि दुई देशको सीमामा हुने अन्य तनाव वा सवारी जामले आपूर्तिमा कुनै अवरोध गर्ने छैन । पाइपलाइनबाट इन्धन ल्याउन थालिएपछि प्रदूषण कम पनि हुनेछ । पाइपलाइनलाई प्रथम चरणमा अमलेखगञ्जदेखि चितवनसम्म जोड्न ‘फाष्टट्र्याक’को आवश्यक सम्भाव्यता अध्ययन गरी विस्तृत प्रतिवेदन भइरहेकको निगमले जनाएको छ ।
 
पाइपलाइन निर्माण, डिपो निर्माण तथा जग्गा खरीद आदि कार्यलाई छुट्टै परियोजनाको रुपमा संरचना, कार्यविधि आदि बनाई व्यवस्थित तबरबाट अघि बढाइन पनि तयारी भएको छ । एलपी ग्यास तथा प्राकृतिक ग्यासको पाइपलाइनको सम्भाव्यता अध्ययन तथा चीनको केरुङदेखि त्रिशूली वा धादिङसम्म पाइपलाइन विस्तार गर्न सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइने निगमले जनाएको छ । यसरी बिछ्याइयो पाइप पेट्रोलियम पदार्थको मागअनुसार बिनाकुनै बाधा अवरोध सहजरूपले आपूर्ति गर्न, गुणस्तर कायम राख्न तथा नोक्सानी कम गर्न भारतीय आयल निगमले रक्सौल डिपोदेखि निगमको इन्धन डिपो अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थको ढुवानी गर्न पाइपलाइन बिछ्याउन सघाएको हो ।
 
परियोजना निर्माणका लागि प्रधानमन्त्री ओलीको पहिलो औपचारिक भारत भ्रमणका क्रममा भारत सरकार र नेपाल सरकारबीच २०७२ भदौ ७ मा हस्ताक्षर भएको थियो । सन् २०१५ अगष्ट २५ मा भारतीय आयल निगम र नेपाल आयल निगमबीच सम्झौता भएको थियो । नेपालतर्फ २०७५ वैशाखदेखि पाइपलाइन बिछ्याउन शुरु गरिएको थियो । ७ मार्च २०१८ मा सम्पन्न हुने भनिएको यो परियोजनाअन्तर्गत पाइप बिछ्याउने कार्य ३० जुन २०१९ मा सम्पन्न भएको थियो ।
 
NP_KTM_20190805_IMG_3045
नेपाल–भारत पेट्रोलियम पाईपलाईन परियोजनाअन्तर्गत मङ्गलबारदेखि सञ्चालनमा आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा इन्धन भण्डारणका लागि स्तरीकरण गरिएका ट्याङ्की । तस्वीर : नवीन पौडेल
 
मूल सडक (हाइ–वे) र अप्टिकल फाइबरसँगै जमिनमुनि साढे दुई मिटर गाडिएको यो पाइप बिछ्याउने परियोजनाको हालसम्मको खर्च भारतीय पक्षले व्यहोरेको छ । परियोजनाको कूल बजेट भारु २७५ करोड रहेकामा भारु ७५ करोड नेपालले व्यहोर्ने सम्झौता भएको थियो । दूरी बढेपछि यसको बजेट वृद्धि भई भारु ३२४ करोड लाग्ने अनुमान गरिएको छ । परियोजनाअन्तर्गत अमलेखगञ्ज डिपोमा रहेका चार वटा भण्डारण ट्याङ्कीलाई रेक्टोफिटिङ गरिएको छ ।
 
यसमा दुई वटा चार हजार १०० किलोलिटर र दुई वटा तीन हजार ९०० किलोलिटर भण्डारण क्षमताका छन् । भण्डारणस्थलमा आगलागी नियन्त्रणका लागि ठूलाठूला पानीका पाइप बिछ्याइएकोे छ । ‘टेलिकम्युनिकेसन एण्ड इन्स्ट्रमेन्टेसन’, ‘केवुलिङ’ पनि गरिएको छ । सोही स्थानमा २४ वटा ‘लोडिङ बे’ प्रयोगशाला बन्ने प्रक्रियामा छ ।
 
यस प्रकारको परियोजना नेपालमै पहिलो भएको र प्रज्वलनशील तथा संवेदनशील विषय भएकाले सुरक्षा र अन्य व्यवस्थापनका लागि नेपाली सेनाको सहयोगमा निगम गम्भीरताका साथ लागिरहेको छ । गाडीबाट ढुवानीको तुलनामा भने पाइपलाइनबाट तेल ल्याउँदा सैयौँ गुणा सुरक्षित हुने निगमको भनाइ छ ।
सम्बन्धित समाचार
डिजिटल विकास र श्रमिक असुरक्षा

हामी सबैको हात–हातमा स्मार्ट फोन छ, हामी फोनमा भएका एपहरू आवश्यकता अनुसार च ...

पोल्ट्री व्यवसायीको ५० करोडको नोक्सानी

विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा फैलिएको बर्डफ्लु सङ्क्रमणका कारण व्या ...

कोशीका दुई पूर्वाधार कार्यालयमा बेथिति

विराटनगर । कोशी प्रदेशको पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरूमा प् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
डिजिटल विकास र श्रमिक असुरक्षा
जेठ २७, २०८३
पोल्ट्री व्यवसायीको ५० करोडको नोक्सानी
जेठ २७, २०८३
कोशीका दुई पूर्वाधार कार्यालयमा बेथिति
जेठ २७, २०८३
नेविसङ्घद्वारा युवा–विद्यार्थीमैत्री बजेट ल्याउन माग
जेठ २७, २०८३
दुहबी नगरमा बेरुजुको चाङ
जेठ २७, २०८३
विद्युतीय गाडी आइकाउर भी–२३ मा विशेष अफर
जेठ २७, २०८३
कचनकवल गाउँपालिकामा टोल विकास संस्था नै बनेन
जेठ २७, २०८३
विराटनगर विमानस्थलका ४ पसललाई १२ लाख रुपैयाँ जरिवाना
जेठ २६, २०८३
उदयपुर सिमेन्ट उद्योगको सङ्कट समाधान गर
जेठ २७, २०८३
आजको राशिफलः २०८३ साल जेठ २७ गते बुधबार
जेठ २७, २०८३
धरानको बेरुजू बढ्दो: ४५ करोड नाघ्यो, एकै वर्ष थपियो साढे ५ करोड
जेठ २६, २०८३
खाद्य स्वच्छता कायम गरौं
जेठ २६, २०८३
आजको राशिफलः २०८३ साल जेठ २६ गते मङ्गलबार
जेठ २६, २०८३
सुपारीखेतीमा इलामका किसानको लगाव
जेठ २५, २०८३
बराहक्षेत्रमा ब्राउन सुगरसहित एक युवक पक्राउ
जेठ २५, २०८३
डिजिटल विकास र श्रमिक असुरक्षा
जेठ २७, २०८३
पोल्ट्री व्यवसायीको ५० करोडको नोक्सानी
जेठ २७, २०८३
कोशीका दुई पूर्वाधार कार्यालयमा बेथिति
जेठ २७, २०८३
नेविसङ्घद्वारा युवा–विद्यार्थीमैत्री बजेट ल्याउन माग
जेठ २७, २०८३
दुहबी नगरमा बेरुजुको चाङ
जेठ २७, २०८३
विद्युतीय गाडी आइकाउर भी–२३ मा विशेष अफर
जेठ २७, २०८३
कचनकवल गाउँपालिकामा टोल विकास संस्था नै बनेन
जेठ २७, २०८३
विराटनगर विमानस्थलका ४ पसललाई १२ लाख रुपैयाँ जरिवाना
जेठ २६, २०८३
उदयपुर सिमेन्ट उद्योगको सङ्कट समाधान गर
जेठ २७, २०८३
आजको राशिफलः २०८३ साल जेठ २७ गते बुधबार
जेठ २७, २०८३
धरानको बेरुजू बढ्दो: ४५ करोड नाघ्यो, एकै वर्ष थपियो साढे ५ करोड
जेठ २६, २०८३
खाद्य स्वच्छता कायम गरौं
जेठ २६, २०८३
आजको राशिफलः २०८३ साल जेठ २६ गते मङ्गलबार
जेठ २६, २०८३
सुपारीखेतीमा इलामका किसानको लगाव
जेठ २५, २०८३
बराहक्षेत्रमा ब्राउन सुगरसहित एक युवक पक्राउ
जेठ २५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क