देउराली । धरान उपमहानगरपालिकाको आयोजनामा  संविधान दिवस मनाइएको छ । नेपालको संविधान २०७२ संविधानसभाबाट २०७२ असोज ३ गते  जारी गरीएसंगै देशै भरी प्रत्येक वर्षको असोज ३ लाई संविधान दिवसको रूपमा मनाईदै आएको छ । 

जस अनुरूप धरानमा आज बिहान धरान उपमहानगरपालिकाको आयोजनामा उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नेपाल प्रहरी,  शसस्त्र प्रहरी, नेपाली सेना विभिन्न विद्यालय विद्यार्थीहरूका साथै खेलाडीहरूको सहभागीतामा  उपमहानगर परिसरबाट शुरु भएको प्रभात फेरि भानुचोकमा पुगेर टुंगिएको थियो । 

फेरी पश्चात उक्त अवसरमा भानुचोकमा राष्ट्रिय झण्डा फहराइएको छ । कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले भानुभक्तको सालिकसँगै राखिएको झण्डाको झण्डोत्तलन गरेकी थिइन् । कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै कार्यबाहक मेयर भण्डारीले जनताले चाहेको संविधान जारी भएको बताइन् । उनले संविधान दिवसकै अवसरमा उपमहानगरपालिकाले स्थानीय तह र संविधान शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जानकारी गराइन् । 

pradip bhandari

त्यस्तै, संविधान दिवसकै अवसरका शुभकामना दिदै एक नम्वर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले नेपाली जनताको कठोर संर्घष, बलिदान र दृढ संकल्पबाट  एेतिहासिक उपलव्धिका रूपमा जनप्रतिनिधि मार्फत जनसहभागीता मुलक प्रकृयाद्वारा जारी संविभानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको बताएका छन् । 

उनले शुभकामना मार्फत संविधान जारी भएको पाँचौ वर्ष प्रवेश गरिरहेको अवसरमा ऐतिहासिक उपलब्धिका रूपमा प्राप्त संविधानको पूर्ण कार्यान्वयन मार्फत् संघिय लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा जगेर्णा, राष्ट्रिय हित, एकता र सामाजिक आर्थिक विकासलाई  गति दिदै सम्वृद्ध राष्ट्र निर्माण गर्ने महत्व पूर्ण अभिभारा पुरा गर्ने संविधानको महत्वपूर्ण भावनालाईआत्मसात गर्दै सम्बन्धीत सबै पक्ष एवं आम नागरिकहरुलाई संवैधानिक मूल्य एवं मान्यताहरु कार्यान्वयन गर्न प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गरेका छन् ।

 

Serdhan-Rai-(5)संविधान दिवसकै अवसरमा एक नम्बर प्रदेशका  मुख्यमन्त्री शेरधन राइले स्वदेस तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्। नेपालको संविधान २०७२ नेपाली जनताको लामो संर्घष, बलिदान र प्रतिक्षापछि जनताको जनभावना र अपेक्षा सम्वोधन गर्ने दस्तावेजको रूपमा रहेको भन्दै राईले सम्पूर्ण जाती वर्ग, लिङ्ग, धर्म, सम्प्रदाय र भुगोलका जनतालाई एकताको शुत्रमा अवद्ध गर्ने अर्थात राष्ट्र निर्माणको आधार स्तम्भ रहेको बताए ।