धरान / हाल इजरायलमा कार्यरत साहित्यकार सुनिता राई कन्दङ्वाको कविता संग्रह ‘एक जुवा घाम’ माथि विमल स्मृति पुस्तकालयको भवनमा शनिबार परिचर्चा भएको छ । नेपाली कविता विद्यामा स्थापित नाम भएपनि जीवीकाकालागि वैदेशिक रोजगारमा रहेकी सुनिताले हालै प्रकाशित गरेको ६१ कविताको संग्रह ‘एक जुवा घाम’ले समकालिन नेपाली कविताको ओज बोकेको छ ।
परिचर्चामा प्राडा भीम खतिवडाले कवि विदेशी भूमिमा रहेपनि लेखनीमा मातृभूमिको सुगन्धले भरिएको बताए । उनले भने, ‘संग्रह भित्रका एक जुवा घाम, एक जीवीत आत्मा, म विद्रोही बनें, तिम्रो छोरो सहीद भयो, स्वाभिमान, कठै काठमाण्डौ, जव देश दुख्छ, जडौरी शान्ति, मरुभूमिमा मौन, मौन, प्रिय आंशु, देशको मृत्यु, एउटा विषादि सम्झना, कमरेडलाई पत्र, नीलो फुलबाट लगायत कविताहरुले पाठकको मनमात्र छुदैन, प्रश्न र तर्कहरु उत्पन्न गराउछन् ।’ अर्का समिक्षक साहित्यकार बम देवानले सुनिताको ‘एक जुवा घाम’ ले बर्तमान समयमो सामाजिक विसंगति र मानवीय मुल्य मान्यतामा आएको ह्रासप्रति व्यंग गर्न सफल भएको बताए ।
कवितासंग्रहको परिचर्चा संगै अन्तराष्ट्रिय परदेशी साहित्यिक समुहद्धारा प्रकाशित ‘परदेशी विम्बहरु...’ को लोकापर्ण प्रा डा टंक न्यौपानेले गरेका थिए । समसामयिक साहित्यको संगालो परदेशी विम्ब पुस्तकमा मुलुक बाहिर रहेका साहित्यकारहरुको रचनालाई स्थान दिने गरेको छ । भीम विरही राई प्रधान सम्पादक, बुद्धि तेम्बे माइला सम्पादक र सुरेन्द्र लिम्बु परदेशी कार्यकारी सम्पादक रहेको परदेशीका विम्बहरु पुस्तकमाथि प्रा डा रामजी तिमल्सिनाले समीक्षा गरेका थिए । उनले परदेशी विम्बमा नेपाल बाहिरका नेपाली साहित्यकारहरुलाई बढी स्थान दिए परदेशिएका नेपाली साहित्यकारहरुको मनोभावना बुझ्न सहज हुने बताए ।
‘एक जुवा घाम’ संग परदेशी विम्बहरु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































