Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • साहित्य
  • आन्दोलन र अभियानका जगमा फस्टाउँदै पोखरेली साहित्य

आन्दोलन र अभियानका जगमा फस्टाउँदै पोखरेली साहित्य

alt
  • माघ ११, २०७६
  • रासस
 
पाेखरा / प्रकृतिको वरदानका रुपमा विश्वकै पर्यटकीय स्थलका रुपमा चर्चित पोखरा साहित्य सिर्जनाका लागि पनि उत्तिकै उपयुक्त स्थल हो । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि जनकवि केशरी धर्मराज थापा, लोक कवि अलिमियाजस्ता थुप्रै नेपाली साहित्यका मुर्धन्य व्यक्तित्वको जन्मथलोसमेत हो पोखरा । पुराना मात्र नभई पछिल्ला पुस्ताका दर्जनौँ कवि, कवयत्री र कलाकार पोखराले पाएको छ ।
अग्रजको प्रेरणा लिएर अहिले क्रियाशील पोखरेली साहित्यानुरागीलाई यहाँ चलेका साहित्यिक कार्यक्रम तथा अभियानले प्रेरित गरेका छन् । नेपाली साहित्य क्षेत्रमा चर्चा कमाएको संरक्षण कविता आन्दोलन पोखरेली साहित्यकारकै पहलमा थालिएको थियो ।
नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलनका रुपमा २०५५ असोजमा साहित्यकार सरुभक्तको संयोजकत्वमा या अघि बढेको थियो । मुस्ताङको प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको रानीपौवामा पाँचबुँदे घोषणापत्रसहित यो आन्दोलन थालिएको अभियानका संयोजक सरुभक्तले बताए  । सरुभक्त, विनोद गौचन, भुपिन व्याकुल, धनप्रसाद तामाङ, दिनेश श्रेष्ठ(जे–अस्मिता) र पुष्प आचार्यले रानीपौवाबाट थालेकाे  आन्दोलनले तिनताका साहित्यिक गतिविधिलाई निरन्तरताका साथै यस क्षेत्रमा साहित्यकार तयार गर्न प्रेरित ग¥यो ।
आन्दोलनअन्तर्गत हिमाल, पहाड र तराईका विभिन्न स्थानमा पुगी त्यहाँका जीवनका भोगाइ र वास्तविकतालाई साहित्यकारले आफ्ना रचनामा उतार्दै स्थानीयलाई सुनाए । “ हालसम्म ६० स्थानमा पुगी साहित्यकारले त्यहाँका जीवन, भोगाइ र वास्तविकतालाई आफ्ना रचनामा उतारेका छन्”, उहाँले भन्नुभयो । पोखरेली साहित्यकारले संरक्षण कविता आन्दोलन शुरु गर्नु अघि २०५३ सालदेखि संरक्षण कविता यात्रा गर्दै आएका थिए । यात्रामा अन्नपूर्ण आधार शिविरलगायतका स्थानमा पुगेको स्मरण गर्दै उहाँले यही यात्राका जगमा संरक्षण कविता आन्दोलन थालिएको बताए । संरक्षण कवितामा बढ्दो सहभागिताले नयाँ कवि तथा कवयत्री तयार ग¥यो भने विविध साहित्यिक गतिवधि बढाउन वातावरण बनायो । यसैबीचमा साहित्यका माध्यमबाट गाउँ पर्यटनलाई जोड्ने मुख्य उद्देश्यसाथ २०६२ असार १८ गते लेखनाथको सुन्दरीडाँडाबाट पोखराको अर्को साहित्यिक अभियान ‘अक्षरयात्रा’ थालियो । गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरको संयुक्त आयोजनामा सञ्चालित अक्षरयात्रा प्रत्येक महिनाको तेस्रो शनिबार देशका विभिन्न ठाउँमा पुगेर कार्यक्रम गरिन्छ । तिनताका साहित्य लेखनमा क्रियाशील प्रकट पगेनी शिव, दीपक समिप, कृष्ण उदासी, लक्ष्मण थापालगायतको सक्रियतामा शुरु अक्षरयात्राले १७३ औँ शृङ्खला कटाएको छ । ‘जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा’ नारासाथ समाजका यथार्थतालाई साहित्यिक रचनाका माध्यमबाट अक्षरयात्रीले पस्कने गरेका नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले बताए ।
अक्षरयात्रीले रमणीय पर्यटकीय गाउँ, ठाउँदेखि मसानघाटसम्म पुगेर जीवन जगत्का भोगाइ र वास्तविकतालाई आफ्ना रचनामा उतारेका छन् । यसले पोखरामा नयाँ साहित्यकार जन्माउन योगदान गरिरहेको गजल सन्ध्या पोखराका निवर्तमान अध्यक्ष अमृत सुवेदीले बताए । अनुभव सुनाउँदै उनले भने, “लुकेका प्रतिभाको प्रष्फुटनका लागि अक्षरयात्रा वरदान सावित भएको छ ।” अक्षरयात्रीले प्रकृति, सुख, दुःख, सामाजिक मूल्यमान्यता आदि विम्बलाई टपक्क टिप्दै रचनमा पोख्ने गरेको उनको भनाइ थियो । पोखरामा साहित्यिक गतिविधिलाई चलायमान बनाउन पछिल्लो समयमा देखिएको अभियान हो, ‘पुछारसिटे अभियान’ । क्षमता भएर पनि विभिन्न कारणले अवसर नपाएका साहित्यकारलाई अघि ल्याउने लक्ष्यसाथ डेढ वर्षदेखि यो अभियान थालिएको संयोजक सञ्जीव पौडेलले जानकारी दिए । अभियानले प्रत्येक माघे सङ्क्रान्तिमा घ्यू, चाकु र तरुलसँग तथा असार १५ गते दही चिउरासँग कविता शीर्षकमा कार्यक्रम गर्दै आएको छ । अन्य साहित्यक कार्यक्रम, परिचर्चा पनि गर्ने गर्छ । पोखरेली साहित्यिक गतिविधिलाई अघि बढाउन सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, गीताञ्जली साहित्य परिवार, आलोक साहित्य सदन, पोखरेली युवा सांस्कृतिक परिवार, नेपाल प्राज्ञ मञ्च, लेखनाथ साहित्य प्रतिष्ठान, लोककवि अलिमिया वाङ्मय प्रतिष्ठान, भानु वाङ्मय प्रतिष्ठान आदिले योगदान गर्दै आएका छन् ।
त्यस्तै पोखरा आर्ट काउन्सिलमा समय समयमा हुने चित्रकला प्रदर्शनी, पोखरा थिएटरमा हुने नाटक प्रदर्शनीले यहाँको साहित्य, कलालगायतका गतिविधि अघि बढाएको छ । साहित्यिक गतिविधि बढाउने गरी थालिएका विभिन्न आन्दोलन, अभियान एवं सङ्घ संस्थाका क्रियाशीलताले पोखरामा साहित्यिक गतिविधिलाई चलायमान बनाइरहेको लोकतान्त्रिक प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा जगन्नाथ रेग्मी बताउछन । 
सम्बन्धित समाचार
भत्किएको तीनढ्वाङे खहरे पुल कहिले बन्ला ?

धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङे खहरे पुल भत्किएको साउन २ ...

आजको राशिफलः २०८२ साल असार २० गते शुक्रबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार २० गते शुक्रबार, ...

विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ पूर्वकुशाहा सिसुवामा अवस्थित एकता ज् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भत्किएको तीनढ्वाङे खहरे पुल कहिले बन्ला ?
आजको राशिफलः २०८२ साल असार २० गते शुक्रबार
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved