Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /साहित्य
साहित्य

आन्दोलन र अभियानका जगमा फस्टाउँदै पोखरेली साहित्य

र रासस माघ ११, २०७६ ३ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
आन्दोलन र अभियानका जगमा फस्टाउँदै पोखरेली साहित्य
 
पाेखरा / प्रकृतिको वरदानका रुपमा विश्वकै पर्यटकीय स्थलका रुपमा चर्चित पोखरा साहित्य सिर्जनाका लागि पनि उत्तिकै उपयुक्त स्थल हो । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि जनकवि केशरी धर्मराज थापा, लोक कवि अलिमियाजस्ता थुप्रै नेपाली साहित्यका मुर्धन्य व्यक्तित्वको जन्मथलोसमेत हो पोखरा । पुराना मात्र नभई पछिल्ला पुस्ताका दर्जनौँ कवि, कवयत्री र कलाकार पोखराले पाएको छ ।
अग्रजको प्रेरणा लिएर अहिले क्रियाशील पोखरेली साहित्यानुरागीलाई यहाँ चलेका साहित्यिक कार्यक्रम तथा अभियानले प्रेरित गरेका छन् । नेपाली साहित्य क्षेत्रमा चर्चा कमाएको संरक्षण कविता आन्दोलन पोखरेली साहित्यकारकै पहलमा थालिएको थियो ।
नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलनका रुपमा २०५५ असोजमा साहित्यकार सरुभक्तको संयोजकत्वमा या अघि बढेको थियो । मुस्ताङको प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको रानीपौवामा पाँचबुँदे घोषणापत्रसहित यो आन्दोलन थालिएको अभियानका संयोजक सरुभक्तले बताए  । सरुभक्त, विनोद गौचन, भुपिन व्याकुल, धनप्रसाद तामाङ, दिनेश श्रेष्ठ(जे–अस्मिता) र पुष्प आचार्यले रानीपौवाबाट थालेकाे  आन्दोलनले तिनताका साहित्यिक गतिविधिलाई निरन्तरताका साथै यस क्षेत्रमा साहित्यकार तयार गर्न प्रेरित ग¥यो ।
आन्दोलनअन्तर्गत हिमाल, पहाड र तराईका विभिन्न स्थानमा पुगी त्यहाँका जीवनका भोगाइ र वास्तविकतालाई साहित्यकारले आफ्ना रचनामा उतार्दै स्थानीयलाई सुनाए । “ हालसम्म ६० स्थानमा पुगी साहित्यकारले त्यहाँका जीवन, भोगाइ र वास्तविकतालाई आफ्ना रचनामा उतारेका छन्”, उहाँले भन्नुभयो । पोखरेली साहित्यकारले संरक्षण कविता आन्दोलन शुरु गर्नु अघि २०५३ सालदेखि संरक्षण कविता यात्रा गर्दै आएका थिए । यात्रामा अन्नपूर्ण आधार शिविरलगायतका स्थानमा पुगेको स्मरण गर्दै उहाँले यही यात्राका जगमा संरक्षण कविता आन्दोलन थालिएको बताए । संरक्षण कवितामा बढ्दो सहभागिताले नयाँ कवि तथा कवयत्री तयार ग¥यो भने विविध साहित्यिक गतिवधि बढाउन वातावरण बनायो । यसैबीचमा साहित्यका माध्यमबाट गाउँ पर्यटनलाई जोड्ने मुख्य उद्देश्यसाथ २०६२ असार १८ गते लेखनाथको सुन्दरीडाँडाबाट पोखराको अर्को साहित्यिक अभियान ‘अक्षरयात्रा’ थालियो । गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरको संयुक्त आयोजनामा सञ्चालित अक्षरयात्रा प्रत्येक महिनाको तेस्रो शनिबार देशका विभिन्न ठाउँमा पुगेर कार्यक्रम गरिन्छ । तिनताका साहित्य लेखनमा क्रियाशील प्रकट पगेनी शिव, दीपक समिप, कृष्ण उदासी, लक्ष्मण थापालगायतको सक्रियतामा शुरु अक्षरयात्राले १७३ औँ शृङ्खला कटाएको छ । ‘जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा’ नारासाथ समाजका यथार्थतालाई साहित्यिक रचनाका माध्यमबाट अक्षरयात्रीले पस्कने गरेका नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले बताए ।
अक्षरयात्रीले रमणीय पर्यटकीय गाउँ, ठाउँदेखि मसानघाटसम्म पुगेर जीवन जगत्का भोगाइ र वास्तविकतालाई आफ्ना रचनामा उतारेका छन् । यसले पोखरामा नयाँ साहित्यकार जन्माउन योगदान गरिरहेको गजल सन्ध्या पोखराका निवर्तमान अध्यक्ष अमृत सुवेदीले बताए । अनुभव सुनाउँदै उनले भने, “लुकेका प्रतिभाको प्रष्फुटनका लागि अक्षरयात्रा वरदान सावित भएको छ ।” अक्षरयात्रीले प्रकृति, सुख, दुःख, सामाजिक मूल्यमान्यता आदि विम्बलाई टपक्क टिप्दै रचनमा पोख्ने गरेको उनको भनाइ थियो । पोखरामा साहित्यिक गतिविधिलाई चलायमान बनाउन पछिल्लो समयमा देखिएको अभियान हो, ‘पुछारसिटे अभियान’ । क्षमता भएर पनि विभिन्न कारणले अवसर नपाएका साहित्यकारलाई अघि ल्याउने लक्ष्यसाथ डेढ वर्षदेखि यो अभियान थालिएको संयोजक सञ्जीव पौडेलले जानकारी दिए । अभियानले प्रत्येक माघे सङ्क्रान्तिमा घ्यू, चाकु र तरुलसँग तथा असार १५ गते दही चिउरासँग कविता शीर्षकमा कार्यक्रम गर्दै आएको छ । अन्य साहित्यक कार्यक्रम, परिचर्चा पनि गर्ने गर्छ । पोखरेली साहित्यिक गतिविधिलाई अघि बढाउन सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, गीताञ्जली साहित्य परिवार, आलोक साहित्य सदन, पोखरेली युवा सांस्कृतिक परिवार, नेपाल प्राज्ञ मञ्च, लेखनाथ साहित्य प्रतिष्ठान, लोककवि अलिमिया वाङ्मय प्रतिष्ठान, भानु वाङ्मय प्रतिष्ठान आदिले योगदान गर्दै आएका छन् ।
त्यस्तै पोखरा आर्ट काउन्सिलमा समय समयमा हुने चित्रकला प्रदर्शनी, पोखरा थिएटरमा हुने नाटक प्रदर्शनीले यहाँको साहित्य, कलालगायतका गतिविधि अघि बढाएको छ । साहित्यिक गतिविधि बढाउने गरी थालिएका विभिन्न आन्दोलन, अभियान एवं सङ्घ संस्थाका क्रियाशीलताले पोखरामा साहित्यिक गतिविधिलाई चलायमान बनाइरहेको लोकतान्त्रिक प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा जगन्नाथ रेग्मी बताउछन । 
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक
असोज २९, २०८३
प्रदेश सरकारहरुलाई अधिकार सम्पन्न बनाऊ
असोज २९, २०८३
आजको राशिफलः २०८३ साल असोज २९ गते बिहीबार
असोज २९, २०८३
छापा संस्करण [ePaper]
  1. ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक
    असोज २९, २०८३
  2. प्रदेश सरकारहरुलाई अधिकार सम्पन्न बनाऊ
    असोज २९, २०८३
  3. आजको राशिफलः २०८३ साल असोज २९ गते बिहीबार
    असोज २९, २०८३
  4. १२ दिन ढिलो बाहिरियो मनसुन
    असोज २८, २०८३
  5. दैवी विपत्तिबाट भएको क्षति पुनर्निर्माण गर्न साढे पाँच खर्ब
    असोज २८, २०८३
  6. ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी
    असोज २८, २०८३
  7. दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन
    असोज २८, २०८३
  8. भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
    असोज २८, २०८३
  9. बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
    असोज २८, २०८३
  10. चीन–उत्तर कोरिया जोड्ने पुल खुल्ने
    असोज २८, २०८३
  11. दुई मोटरसाइकलसहित ५७ किलो गाँजा बरामद
    असोज २८, २०८३
  12. चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन
    असोज २८, २०८३
  13. साँझपख झनै चम्कन्छ भानुचोक
    असोज २८, २०८३
  14. महेन्द्र पथमा घर निर्माण रोक्का रहे पनि भित्रभित्रै पक्की घर
    असोज २८, २०८३
  15. याङवरक पोखरी खानेपानी आयोजना सम्पन्न, ३६५ घरधुरी लाभान्वित
    असोज २८, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड