Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • मकैको बीउ जोहो गर्न थालें किसान

मकैको बीउ जोहो गर्न थालें किसान

alt
  • माघ १४, २०७६
  • ब्लाष्ट खबर
 
उदयपुर /  जिल्लाका मध्यपहाडी तथा उत्तरीपहाडी क्षेत्रका किसानले अहिले मकैको बीउ जोहो गर्न थालेका छन् । गत वर्षको खडेरीका कारण मकैबाली नष्ट भएर बीउसमेत बचाउन नसकेका उनीहरुले मकैबाली लगाउने सिजन आउनै लाग्दा बीउको जोहो गर्न थालेका हुन् । लामो समयसम्म पानी नपरेर खडेरी लागेका कारण उदयपुरको मध्यपश्चिम पहाडी क्षेत्रको ताप्ली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र उत्तरी दुर्गम पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाकामा सम्पूर्ण मकैबाली नष्ट भएको थियो ।
फागुन लाग्नासाथ मकैबाली लगाउन शुरु गर्नुपर्ने हुनाले अहिले यस क्षेत्रका कृषकले मकैको बीउ जोहो गर्न थालेका छन् । लिम्चुङबुङ गाउँपालिकाको बलम्ता, जाँते, बराह, ताम्लीछा तथा बाँसबोटेका कृषक राम्रो उत्पादनयुक्त मकैको बीउको खोजी तथा जोहोमा लागेको जाँतेका अम्बरबहादुर बुढाथोकीले बताए ।
अब माघ बित्न लागेको र फागुनको दोस्रो हप्ताबाट गाउँघरमा मकैखेती शुरु गर्नुपर्ने हुनाले आफूहरु राम्रो मकैको बीउको जोहो गर्ने काममा लागेको उहाँले बताए । यस्तै लिम्चुङबुङ गाउँपालिका–५ बलाम्ताका अर्का कृषक डिकबहादुर राईका अनुसार अब दिनदिनै गाउँघरमा मकैखेती गर्ने सिजन शुरु भएका कारण आफूहरु पनि मकैको बीउ व्यवस्थापन गर्नतिर लागेको बताए ।
उनले भने, “यसपटकको खडेरीले मकै मात्र होइन, कोदोसमेत सबै डढाएर स्वाहा बनायो, अब मकैको बीउसमेत गाउँघरमा छैन, अहिले आफूहरु मकैको बीउको खोजीमा छौँ, छिमेकी जिल्ला खोटाङतिर पनि खडेरीले मकै मरेका कारण बीउ अभाव छ, मकैको पहाडी बीउनै आवश्यक हुनाले भोजपुर वा धनकुटातिर बीउको जोहोका लागि आफूहरु जान लागेका छौँ ।” लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले कृषक मकैको बीउ व्यवस्थापनमा चिन्तित बन्न थालेको हुँदा गाउँपालिकाले आफैं बीउको जोहो गर्ने प्रयासमा लागेको बताए ।
सम्बन्धित समाचार
एन्टामा सिंह

धरान । एसोसिएन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) मा सुजितकुमार सिंह सर्व ...

बस दुर्घटना : १८ महिने बालकसहित ५ जनाको मृत्यु, सबैको पहिचान खुल्यो

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित जिरोप्वाइन्टमा आइतबार अपराह्न ...

एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’

धरान । एनसेलले नेपालको सहयोगमा नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना भइ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
एन्टामा सिंह
बस दुर्घटना : १८ महिने बालकसहित ५ जनाको मृत्यु, सबैको पहिचान खुल्यो
एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’
आइसियु तत्काल बनाऊ
आजको राशिफलः २०८२ साल माघ ५ गते सोमबार
भाषामा मानकीकरणका प्रयास र सुधारका उपाय
हर्क साम्पाङले दिए राजीनामा
धरानको जिरोपोइन्टको दुर्घटनामा पाँचको मृत्यु, १३ घाइते (अपडेट)
धरानको जिरोपोइन्टमा स्कुल बस दुर्घटना, चारको मृत्यु
बालेनले दिए राजीनामा, हर्कको के होला ?
बाँसझ्याङमा जुवाको अखडा: नगद तीन लाखसहित चार पक्राउ
कोशी अस्पतालको आइसियु चार दिनदेखि बन्द
सुनचाँदीको मूल्य वृद्धि
काङ्ग्रेसमा चलेको संस्थापनको अलाप
जमिनको सतहभन्दा सडक उच्च बनाइएको भन्दै स्थानीयको आपत्ति
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved