ब्लाष्टखबर । काेराेना भाइरस संक्रमण भएको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले  रेफर गरेकाे विरामीलाई कोरोना संक्रमण नभइ निमोनिया भएको परिवारले जनाएका छन । 

करिब ५ दिन अघि काेरीयाबाट नेपाल फर्केका उनी उच्च ज्वरो र घाँटीको दुःखाईकाे उपचार गर्न प्रतिष्ठानकाे आकस्मिक कक्षमा पुगेका उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा राजधानीकाे राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रेफर थियाे ।

टेकु पुगेका उक्त विरामीको वाइट ब्लड सेल बढेको र छातीको एक साइडमा इन्फेक्सन भएर निमोनिया भएको विरामीकी श्रीमतीले संञ्चारमाध्यमलाई जानकारी गराएकी छिन् ।

श्रीमतीले श्रीमानकाे स्वास्थ्य जाँचपछि कोरोना भाइरस नभेटीकाेले उनलाई आइसोलेसनमा नराखी जनरल वार्डमा नै राखेर उपचार गरिएकाे बताएकी छिन् । उपचार पछि विरामीकाे अवस्था सामान्य भएकाेले आइतबार डिस्चार्ज हुने जानकारी समेत गराएकी छिन् ।    आशंकामा सामाचार लेखेर परिवारमा  ठूलो मानसिक तनाव खेप्नुपरेको पनि बिरामीकाे परिवारले बताएका छन् ।