उदयपुर / उदयपुरमा लागुऔषधसहित एक बालक पक्राउ परेको छ । चौदण्डीगढी नगरपालिकाको शनिबारे बजारबाट गाँजासहित एक आईतबार पक्राउ परेका हुन ।
भोजपुर आमचोक गाउँपालिका पसल भञ्ज्याङ निबासी १६ वर्षीय ती वालक विहान करिब १० बजे छ सय ग्राम गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ । स ५ प ५८८१ नम्बरको मोटरसाईकलमा आएका उनलाई शंका लागी प्रहरी चौकी बसाहाबाट खटेका प्रहरीले चेक जाँच गर्ने क्रममा मोटरसाईकलको सिटकभर मुनी लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।