पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकामा आफ्नै छोरीलाई जवरजस्ती बलात्कार गरेको आरोपमा ३६ बर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको छ ।
पथरीशनिश्चरे नगरपालिका –६, का एक युवकलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो । गएको पुसमा ती आफ्नै बुबाले बलात्कार गरेको खुलेको छ । लामो समय सम्म घटना गुपचुप भए पनि एक हप्ता अघि पीडित छोरीले आफ्नै बुबा विरुद्ध जवरजस्ती करणी गरेको जाहेरी इप्रकामा दिएपछि बुबालाई पक्राउ गरेको डिएसपी दिलिप गिरीले जानकारी दिए ।
पिडक बुबालाई म्याद थप गरी करणी मुद्दा चलाएको डिएसपी गिरीले बताए ।