Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /समाचार
समाचार

अरुण तेस्रोमा सशस्त्र प्रहरी परिचालन

ब ब्लाष्ट खबर फागुन २, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
अरुण तेस्रोमा सशस्त्र प्रहरी परिचालन
 
सङ्खुवासभा  / सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । पछिल्लो समय अरुण तेस्रो परियोजनामा आगजनी र बम विस्फोटको घटना बढेपछि सुरक्षाका लागि अरुण गुल्म चैनपुरबाट ६५ जना सशस्त्र प्रहरी खटिएको सो गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव महतले जानकारी दिए ।
अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका दिदिङको पुखुवा, केराबारी, मकालु गाउँपालिकाको ड्याम साइड फ्याक्सिदा, आमराङ, सोलाखानी र खाँदबारी नगरपालिका–९ तुम्लिङटार स्थित कार्यालयमा सशस्त्र प्रहरी परिचालन गरिएको अरुण गुल्मले जनाएको छ । सशस्त्रले अरुण तेस्रोको सुरक्षामा आवश्यकताअनुसार थप गर्दै जाने बताएको छ । यसअघि नेपाल प्रहरीका ३५ जनाले सुरक्षा दिइरहेको थियो । भारतीय निर्माण कम्पनी सतलजले अरुण तेस्रो सुरक्षामा १५८ सशस्त्र प्रहरी माग गरेको थियो । विद्युत् गृहस्थल पुखुवा र अरुण तेस्रोको कार्यालय तुम्लिङटारमा अज्ञात समूहले पटक–पटक बम विस्फोट गराएका थिए ।
केही समयअघि अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवामा सुरुङ खन्न राखेको बुमरमा प्रेसरकुकर बम विस्फोट गराउँदा बुमरमा क्षति पुगेको थियो । अरुण तेस्रो परियोजनाको ड्याम साइड फ्याक्सिदामा जय प्रकाश एसोसियट्स र विद्युत् गृहस्थल दिदिङमा पट्टेल इन्जिनीयरिङ कम्पनीले कामको जिम्मा लिएका छन् ।
अरुण तेस्रो जलविद्युत् परियोजना लामो समयदेखि निर्माण हुने भनिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन । २०४२ सालदेखि निर्माणको चर्चा चलेको भए पनि राजनीतिक विवाद र खिचातानीका कारण स्थगित हुँदै आएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७४ साल वैशाख २८ गते काठमाडौँको होटल द्वारिकाबाट ‘स्विच’ थिचेर संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजनाबाट ९०० मेगावाट विद्युत् उत्पादन हुने र आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । आयोजनाले २६९ परिवारको घर तथा जग्गा अधिग्रहण गरेर करिब रु एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा पनि बाँडिसकेको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त गर्नेछ ।्
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

जापानको कुमामोतोमा भूकम्पपछि ७१ हजारभन्दा बढी घरमा क्षति
असोज १२, २०८३
कालीगण्डकी नदीको बहाव हेर्दा
असोज १२, २०८३
बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद
असोज १२, २०८३
छापा संस्करण [ePaper]
  1. जापानको कुमामोतोमा भूकम्पपछि ७१ हजारभन्दा बढी घरमा क्षति
    असोज १२, २०८३
  2. कालीगण्डकी नदीको बहाव हेर्दा
    असोज १२, २०८३
  3. बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद
    असोज १२, २०८३
  4. हङकङमा किरात राई समुदायद्वारा न्वागी पितृ पूजा सम्पन्न
    असोज १२, २०८३
  5. हङकङ साहित्यिक साझा शृङ्खलामा सुनसरीको मिडिया परिदृश्य विषयमा चर्चा
    असोज १२, २०८३
  6. कोशीमा रोकिएको ठेक्का प्रक्रियाको काम सुरु
    असोज ११, २०८३
  7. विपदबाट चार दिनमा १५ जनाको मृत्यु
    असोज ११, २०८३
  8. विश्व पर्यटन दिवसः कोशीमा हिमालय पर्यटनको बहस
    असोज ११, २०८३
  9. पर्यटन पुनर्संरचनाको बदलिँदो ‘डिजिटलमुखी’ बहस
    असोज ११, २०८३
  10. कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
    असोज ११, २०८३
  11. लागूऔषधसहित ३ जना पक्राउ
    असोज ११, २०८३
  12. साढे चार लाखको भन्सार छलीका कपडासहित टेम्पो चालक पक्राउ
    असोज ११, २०८३
  13. नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग
    असोज ११, २०८३
  14. हवाई प्रतिबन्धबारे सम्बन्धित देशसँग इरानको निरन्तर संवाद
    असोज ११, २०८३
  15. पहलमान सिंहस्वाँर मार्गभासियो
    असोज ११, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड