बुटवल । प्रदेश ५ स्थित रुपन्देहीको मर्चवारमा एक किशोरीलाई तीन जना युवाहरुले सामुहिक बलात्कार गरेका छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका–३ की १६ वर्षीया एक किशोरीलाई महायज्ञ स्थलबाट नियन्त्रणमा लिएर सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जानकारी दिएको छ । ती युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । ती किशोरीको भैरहवामा उपचार भइरहेको छ ।