दाेलाखा । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालककाे बसकाे ठक्करले मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिकामा - ९ सुन्द्रावती का ९ बर्षीय पुजन थामीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । दोलखाको सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले आज ११ बजे ठक्कर दिएकाे थियाे थियाे । डोरी टाँगेर सहयोग उडाइरहेका बेला बसले ठक्कर दिएकाे हाे । डाेरी टागेकाे बेवास्ता गर्दा बसकाे पछाडीकाे चक्काले बालकलाई पेलेकाे थियाे । दोलखाका प्रहरी प्रमुख डिएसपी रेबतीरमण पोखरेलका अनुसार मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।