विराटनगर । अन्तराष्ट्रिय नेट्रवर्ग बनाएर ‘अनलाइन सपिङ’का नाममा ठगी गर्ने गिरोहका मुख्य नाइेके मोरङ सुन्दरहरैचा नगरपालिका – ३ का विशाल अर्याल भनिने ३६ वर्षिय निरञ्जनप्रसाद आचार्यले किशोरीलाई ब्यालकमेलिङ्ग गर्ने र त्रास देखाएर ठगि धन्दामा लगाउने गरेको खुलेको छ ।

काम गर्न आउँने किशोरीको नग्न फोटो आचार्यले राख्ने र उनले भने अनुसार काम नगरे सार्वजानिक गर्ने धम्की दिदै अनलाइन सपिङको नाममा ठगी धन्दामा लगाउँने गरेको खुलेको हो । ठगी गर्ने मुख्य गिरोह आचार्यसहित ८ जनालाई मोरङ प्रहरीले पक्राउ गरि अदालतमा अहिले अभियोग दर्ता गरिएको छ । आचार्यसहित आठ जना विरूद्ध मोरङ अदालतमा ‘अपराधिक समूह स्थापना, संचालन गरी ठगी, बैकिङ्ग कसुर र सरकारी दस्तखत किर्ते’ मुद्दा दर्ता गरिएको छ । अहिले उनीहरूको बयान मोरङ अदालतको १ नम्बर इजालमा बयान भइरहेको छ ।

प्रहरीको अभियाग अनुसार ठगीका मुख्य गिरोह आचार्यले ३० हजार तलब दिने सहमतिमा खोटाङ्ग जन्तेढुँगा गाउँपालिकाकी २१ वर्षिय किशोरीलाई सेल्स एण्ड मार्केटिङ्गमा काममा लगाएका थिए । उनको काम थियो बिभिन्न बैंकहरूको खातामा आएको पैसा उठाएर आचार्यलाई दिनुपर्ने थियो । तीन दिनको तालिम पछि आचार्य ती किशोरीलाई काममा लगाएका थिए ।

सुरूमा ती किशोरीलाई इटहरीमा लगेर काम लगाएका थिए । गत १० मंसिरदेखि विराटनगरमा फ्ल्याट लिएर अनलाइन सपिङ्गको नाममा ठगि धन्दामा लगाउन सुरू गरेका थिए । आर्चायसहित शिवजी खड्काले पनि काम सुरू गरेका थिए ।

तीनै जनाको खाना ती किशोरीले पकाउने गरेकी थिइन् । ‘मंसिर १५ गते विशाल अर्यालले कोठामा बोलाएर तिमि मलाई राम्रो लागेर म आफुखुशी काममा राखें, मेरो मेडमलाई सो कुरा आज मात्र बताएँ, वहाँले तिमिसँग कुरा गर्ने भनेको छ, म वार्टसपमा भिडियो कल गर्छु, तिमी राम्ररी बोल्नु है भनी फोन लगाइ दिनुभयो । मलाई बोल्न दिंदा हामी बिचमा कुराकानी हुँदा यो काम एकदमै विश्वासको काम हो, घात कहिले गर्नु हुँदैन, विश्वासको लागि तिम्रो न्याकेट फोटो पठाउनु पर्ने भयो भन्दा मैले सुरूमा इन्कार गरेको थिएँ ।

आचार्यको मेडमले बिभिन्न बहाना बनाउँदै म पनि त तिमी जस्तै छोरी मान्छे हुँ, तिमि र म मा के फरक छ भनेर कुरा गर्दा मैले पहिला तपाईको फोटो पठाइ दिनु भनेको थिएँ । त्यस लगतै आचार्यका मेडमले आफ्नो न्याकेट फोटो पठाइ दिएपश्चात् म पनि बाध्य भएर बाथरूममा गएर आफ्नो न्याकेट फोटो खिची पठाइ दिएँ,’ अभियोग पत्रमा उल्लेख छ ।  अनलाइन सपिङ्गको नाममा हुने ठगी धन्दा कसैलाई सुनाए न्याकेट फोटो मिडियामा पठाएर बदनाम गरिदिने धम्की दिने गरेको अभियोगपत्रमा उल्लेख छ ।