सिरहा / सिरहामा अवैध सुनसहित २ जनालार्इ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका –ं.१९ का २४ वर्षीय मोहम्मद मोतिउल रहमान र सोही ठाउँका २१ वर्षीय मोहम्मद मुर्तुजा रहेको प्रहरीले जनाएको छ ।
मंगलबार सिरहाको लहान नगरपालिका वडा नं.१९ स्थित गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए ।
डिएसपी घिमिरेका अनुसार को.३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरुको साथबाट सुनको ४ वटा चेप्टो टुक्रा गोलो बनाई लुकाईछिपाई राखेको सुन २३३ ग्राम अन्दाजी १५ लाख ५८ हजार ७९ रुपैयाँ बराबरको सुन र मोटरसाइकलसहित फेला पारेको हो ।