अपाङ्गता परिचयपत्र थप व्यवस्थित गर्न छलफल

alt
  • फाल्गुन १४, २०७६
  • १०१ पटक पढिएको
  • ब्लाष्ट खबर

पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरबाट वितरित भइरहेको अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाउन वडाध्यक्ष र सचिवहरुसँग समेत अन्तरक्रिया गर्नुपर्ने निर्णय भएको छ ।

नेपाल अपाङ्ग महिला संघको जिल्ला समितिले पथरीशनिश्चरे नगरको अपाङ्गता परिचयपत्र वितरण समितिसँग छलफल गर्दै त्यसलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरेको हो । छलफलमा वडाध्यक्ष र सचिवले अपाङ्गताको ऐन तथा कानून प्रष्ट बुझेर मात्र सिफारिस गर्दा सहज हुने ठहर गर्दै वडाध्यक्ष र सचिवसँग पनि अन्तरक्रिया गरिने निर्णय भएको छ । जसका लागि चैतको दोस्रो साता कार्यक्रम राखिने संघकी अध्यक्ष भीमा खतिवडाले बताइन् ।

छलफलमा, अपाङ्गता भएकाहरुको अवस्थालाई गहन हिसावले केलाउँदै ऐनको परिधीमा रहेर मात्र निक्र्यौलमा पुग्नु पर्ने अवस्था रहेको खतिवडाले चर्चा गरिन् । अपाङ्गताको परिचयपत्र वितरण गर्दा उनीहरुको कठीन अवस्था देखेर भावनामा बहेर वितरण गर्दा कानूनी प्रावधान उल्लंघन हुनसक्ने कुरालाई ध्यान दिनु पर्ने उनले सुनाइन् । विभिन्नखाले बहानावाजी गर्ने र जिद्धी समेत गरेर भत्ता पाउनेखाले परिचयपत्र बनाउने सोचलाई चिर्नुपर्ने बताइन् । ‘भत्ता नै पाउनका लागि मात्र परिचयपत्र बनाउने भन्ने सोचलाई चिर्नुपर्छ ।’– उनले भनिन् । साथै अपाङ्गताको अट्टिजम र इन्टलेक्चुयलको प्रकारलाई प्रमाणित गर्ने प्रविधिमा अप्ठेरो भएको र विराटनगरको अस्पतालमा केही मात्रामा सुरु भएको संघकी सचिव मीना आचार्यले कुरा उठाइन् । उनले भौगोलिक जटिलता र आर्थिक विपन्नता भएका अपाङ्गताका लागि सरकारले फरक सहयोग पुर्याउने नीति नबनाएपनि पालिकाहरुले थप कार्यक्रममार्फत उनीहरुलाई सहयोग पुर्याउन आवश्यक रहेको उल्लेख गरिन् ।

अधिकारका लागि अभियान सञ्चालन गरिरहेको संघले सहजिकरण गरेको छलफलमा अपाङ्गताको अधिकार स्थापित गर्न आफुहरु लागिरहेको नगर उपप्रमुख एवम् परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोलाले वताइन् । उनले परिचयपत्रको प्रक्रियामा आउँदा जाँदा समस्या हुने जटिल अवस्थाका अपाङ्गताभएकाहरुलाई गाडीको समेत व्यवस्था गर्ने गरेको जनाइन् । उनले अति अशक्त अपाङ्गताका लागि फागुन २१ गते घर घरमा गएरै उनीहरुलाई परिचयपत्रको सेवा दिने योजना वनाएको जानकारी गराइन् । समितिकी सदस्य सचिव गीता कट्टेल, सदस्य डा. सावन मेहता सहितले छलफलमा समस्या र समाधानका उपायका बारेमा प्रष्ट्याएका थिए ।

धरानमा तरकारीकाे यथा ...

धरान १३ स्थित कृषि उपज बजार स्थल धरानमा कृषिजन्य वस्तु ...

खाँदबारी–३ ले १ सय ५ ...

संखुवाभसा । खाँदबारी नगरपालिकाको वडा नम्बर ३ ले आज ...

बेलवारीका घरधनीद्धार ...

लक्ष्मीमार्ग । सरकारले घरवाला संग लकडाउन अवधीको घरभाडा ...

धरानमा तोकिए भन्दा ब ...

धरान / विहीबार विहान धरान–१५ स्थित लक्ष्मी ट ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved