विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालले सेनिटाइजर र मास्क बनाउन शुरू गरेको छ । बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भएपछि अस्पतालले आफ्ना चिकित्सक, कर्मचारी र बिरामीको लागि आफै सेनिटाइजर तथा मास्क बनाएको हो ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्पिरिटसहितका केमिकल्सको मिश्रणबाट सेनिटाइजर बनाइएको हो । अस्पतालले ‘डबल लेयर’ को मास्क पनि बनाएको छ ।

तत्काललाई कर्मचारी, स्वास्थ्यकर्मी र बिरामीलाई उपलब्ध गराउने गरी सेनिटाइजर बनाइएको कोशी अस्पतलाका मेसु डा. सङ्गीता मिश्रले जानकारी दिइन् । बजारमा अभाव देखिएकोले आफूहरूले मादपण्ड पु¥याएर साधनको मिश्रणबाट सेनिटाइजर बनाएको उनले बताइन् ।

उनले अस्पतालपरिसरभित्र हात धुनको लागि पानी र साबुनको पनि व्यवस्था गरेको बताएकी छन् । ती सामग्री अस्पतालका सेवाग्राहीलाई प्रदान गरिने डाक्टर मिश्रले बताइन् । अस्पतालले हात धुनको लागि पानी र साबुनको पनि व्यवस्था गरेको छ ।