धरान  / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चैत १८ गतेसम्म पूर्णरुपमा लकडाउन गरिएको छ । आवासमा बस्ने करिव २हजार कर्मचारी र ७ हजार हाराहारीका उनीहरुका परिवार, शिक्षकलगायत सबैलाई आवतजावतमा रोक लगाएको छ । प्रतिष्ठानको मुल ढोकासहित सम्पुर्ण प्रवेशद्धारहरु बन्द गरिएको छ । आवाज प्रदेश गर्ने प्रवेशद्वार र मुल गेटमा भिआइपी सेक्युरिटीले पहरा दिइरहेको छ । हिजो बेलुकादेखि कडाइ गरिएको भिआइपी सेक्युरिटी  सर्भिसका निर्देशक टेक लोहनीले जानकारी दिए । सुरक्षागार्डले हिजो राती घरबाट ननिस्किन, घरमै बस्न अनुरोध गदैं माइकिङसमेत गरेको थियो । अटेर गर्नेलाई कारवाही गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
अति सिकिस्त, ज्वरो आएका विरामीहरुलाई हेरी सम्बन्धित निकायसँग समन्वय गरेर मात्र सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिने भनि कार्यवाहक उपकुलपति प्राडा गुरुप्रसाद खनालले सूचना नै जारी गरेर जानकारी गराएका छन् ।
प्रतिष्ठानले आवास र छात्रावासमा बसेका शिक्षक, कर्मचारी र उनीहरुका परिवारलाई आफ्नो आवासबाहिर नजान निर्देशन जारी गरिएको छ ।