धरान । बलिउड नायिका, मोडल तथा ¥यापर सर्लिन चोपडाले कोरोनाभाइरसका कारण ‘लकडाउन’ लाई लिएर गीत बनाएकी छन् ।

बलिउडकी सेक्सी बम भनेर परिचित सर्लिनले लकडाउनमा ‘शुभसे लेकर साम तक, सामसे लेकर शुभतक..’ बोलको गीत गाउँदै निकै बोल्डनेस भिडियो सुट सार्वजनिक गरेकी छन् । जसलाई केही घण्टामै मानिसहरूले ५५ हजार भन्दा बढीले हेरिसकेका छन् । करिब ८ सय २० जनाले कमेन्ट गरिसकेका छन् । उनले एक घण्टा अघि उक्त भिडियो सार्वजनिक गरेकी हुन् ।

सन् २००५ बाट बलिउड उद्योगमा प्रवेश गरेकी उनले सन् २०१२ मा प्लेब्वाइ म्यागजिनमा बोल्ड फोटोसुट गरेर चर्चा कमाएकी थिइन् । सन् २०१३ मा कामसूत्र थ्रीडी फिल्म खेलेकी थिइन् । नग्न रूपमा प्रस्तुत भएको उत्तरवैदिककालीन फिल्म सन् २०१७ मा मात्रै रिलिज भएको थियो ।

फिल्म उद्योगमा खासै जम्न नसके पनि उनले बेलाबेलामा बोल्डनेस तस्बिर सार्वजनिक गर्दै आइरहेकी छन् । उनले शुक्रबार सार्वजनिक गरेको भिडियो पनि धेरैपहिला नै आइसकेको थियो । तर, उनले पुनः मेकिङ गरेर सार्वजनिक गरेकी हुन् ।

भिडियाे हेर्न यहाँ लिंक गर्नुहाेला 

https://www.instagram.com/p/B-PRBIXBHvf/?utm_source=ig_web_copy_link