ताप्लेजुङको दोभान बजारमा लागेको आगोले चालीस घर नष्ट भएका छन् । 

स्थानीयवासीलाई उद्धृत गर्दै ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले चालीस घर जलेको जानकारी दिए । 

आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् । 

आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा झण्डै एक घण्टा लाग्छ ।

आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण पनि आउन बाँकी छ ।


ताप्लेजुङ्को दोभान बजारमा (ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानमा बिहानको ९ बजेबाट ) भिसण आगलागि भईराछ, र दर्जनौं घरहरु जलिराछन् भन्ने खबरले स्तबध बनाएको छ। ????

Posted by Bhesh Raj Dahal on Monday, March 1, 2021

ताप्लेजुङको दोस्रो ठूलो बजार दोभान मा आगलागी

Posted by मिक्वाखोला गाउँबासी on Monday, March 1, 2021