फोहोर मैलाको वैज्ञानिक व्यवस्थापनप्रति प्रदेश तथा स्थानीय सरकारले उदासिनता देखाएको भन्दै उच्च अदालत विराटनगर इलाममा रिट निवेदन परेको छ ।

फोहोर मैला व्यवस्थापनमा नगरपालिकाले चरम लापरबाही देखाएको भन्दै उच्च अदालतमा परेको रिटमा पहिलो सुनुवाइ गर्दै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर १ विराटनगर, भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकालाई १५ दिनभित्र अदालतमा जवाफसहित कारण देखाऊ आदेश जारी गरेको छ । 

ban mantra laya biratnagar

उच्च अदालत एकल इजलासका न्यायाधीश विष्णुप्रसाद कोइरालाले सोमबार उक्त आदेश जारी गरेको  हो ।

निवेदक मेचीनगर नगरपालिका ७ निवासी होमनाथ प्रसाईँले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर १, भद्रपुर, बिर्तामोड र मेचीनगरलाई विपक्षी बनाएर अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । ०७७ सालको रिट नम्बर ९१, ०७७ (डब्लुओ) ००४९ रहेको छ ।

bhadrapur-napa

निवेदकको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ र हेमकला कट्टेलले बहस गरेका थिए ।  बहसमा यसमा के कसो भएको हो ? निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सोको सबुद प्रमाणसमेत संलग्न राखी विपक्षी नम्बर २, ३ र ४ को हकमा आफै वा कानुन बमोजिमको प्रतिनिधि मार्फत् र विपक्षी नम्बर १ को हकमा उच्च सरकारी वकिल कार्यालय, इलाम मार्फत् १५ दिनभित्र लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४१९२० बमोजिम म्याद जारी म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भनिएको छ । 

birtamod

अन्तरिम आदेश माग गरेको सम्बन्धमा हेर्दा निवेदकले फोहोर मैला व्यवस्थापन सम्बन्धमा उठाएका विषयवस्तु मुद्दाको अन्तिम किनारा लाग्दा सम्बोधन गर्ने विषयमा वस्तु समावेश भएको देखिदा सुविधा र सन्तुलनको दृष्टिबाट हाल अन्तरिम आदेश जारी गरिरहन पर्ने भनिएको छ । 

वातावरण सम्बन्धी स्वच्छता कायम राख्ने विषयवस्तु शिघ्र किनारा लाग्नु पर्ने देखिदा प्रस्तुत रिट निवेदनलाई उच्च अदालतको नियमावली २०७३ बमोजिम अग्राधिकार दिई नियमानुसार पेस गर्नु भनी परमादेश जारी गरेको अधिवक्ता हेमकला कट्टेलले जानकारी दिइन् ।

फोहोर मैला व्यवस्थापनमा नगरपालिकाले चरम लापरबाही देखाएको भन्दै मेचीनगर–७ का होमप्रसाद प्रसाईँ र भद्रपुर–९ का कमलप्रसाद राजवंशीले केही दिनअघि मात्र नगरपालिकालाई ध्यानाकर्षण गराउँदै लिखित पत्र बुझाएका थिए । तर, नगरपालिकाले फोहोर मैला व्यवस्थापनमा कुनै चासो नदेखाएपछि अदालतसम्म पुगेको प्रसाईँले जानकारी दिए । 

mechinagar

झापा जिल्लाकै प्रसिद्ध व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकाले पूर्व पश्चिम राजमार्ग सडक छेउमा नगरमा सङ्कलित फोहोर मैला जथाभाबी फाल्दै आएको छ ।

मेचीनगर नगरपालिकाले पनि राजमार्गको किनारमा फोहोर फाल्ने काम गरिरहेको छ । जथाभाबी सडक किनारमा फोहोर फाल्दा वातावरण प्रदूषणले सडक आसपासका स्थानीय मारमा परेका छन् । 

त्यस्तै भद्रपुर नगरपालिकाले पनि फोहोर मैला मेची नदी किनारमा लगेर जथाभाबी फाल्दै आइरहेको छ । नदी किनारमा आएको हावाहुरीले ती फोहोर मैला नजिकैको बस्ती घरमा पुग्न थालेपछि त्यहाकाँ स्थानीयले पटक –पटक विरोध जनाइसकेका छन् । तर, नगरपालिकाले फोहोर मैला व्यवस्थापनमा कुनै चासो देखाएको छैन ।