विजयपुर। धरान–१२ मेघा कलेजमा ११/१२ कक्षा पनि  अध्यापन हुने भएको छ ।

कजेजमा कक्षा–११ मा यसै शक्षिक सत्रबाट भर्ना लिने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए । उनले व्यवस्थापन, होटल मेनेजेनण्ट, विज्ञान, खाद्य प्रविधि र पोषण विज्ञान र कम्युटर साइन्स अध्यापन गराउने बताए ।

त्यसमध्ये खाद्य प्रविधि तथा पोषण विज्ञान विषय नेपालमा नै पहिलो भएको उनले दावी गरेका छन् । नेपाल बोर्डबाट सम्बन्धन लिएर सुरु गरेका हुन् । कलेजले दक्ष जनशक्तिद्धारा अध्यापन गराइने बताएको छ ।

ल्याबका लागि मात्रै करिब ४० लाख खर्च गरेको भनाइ छ । कलेजमा स्नातक तह भने पहिलदेखि पढाई हुँदै आएको थियो । घिमिरेले नेपालमा स्नातक तहमा मात्रै खाद्य प्रविधि र पोषण विज्ञान अध्यापन हुँदै आएको बताए ।

अब विद्यार्थीले कक्षा–११ देखि नै पढ्न पाउने, माथिल्लो कक्षामा अध्ययन गर्न सहज हुने उनले बताए ।