विराटनगर /राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने समय थप गरेको छ ।
बोर्डले गत चैत मसान्तसम्म दिएको म्याद आगामी असार २० गते सम्मका लागि थप गर्ने निर्णय लिएको हो । चैत मसान्तसम्ममा छुटेकाका लागि दोब्बर शुल्क (दस्तुर) लिएर फारम बुझाउने समय थप गरिएको बोर्डका अध्यक्ष प्रा डा. चन्द्रमणि पोखरेलले बताए ।
उनका अनुसार रजिष्ट्रेसनका लागि आठ सय र परीक्षा आवेदनका लागि एक हजार दुई सय रुपैयाँ शुल्क तोकिएको छ । रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम सम्बन्धित विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाइएको छ ।
कक्षा १२ मा नियमित, आंशिक ÷ ग्रेडवृद्धि रजिष्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७० वा सोभन्दा माथि र कक्षा ११ को सुरुका दुई अंक, ७०, ७१, ७२, ७३, ७४, ७५ र ७६ भएकाले फारम बुझाउन पाउने भएका छन् ।

बोर्डको निर्णयसँगै चैतमा छुटेका कक्षा ११ र १२ का परीक्षार्थीले आगामी असार २० गतेसम्ममा दोब्बर दस्तुर तिरेर रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउन पाउने पोखरेलको भनाइ छ ।