धरान । सुनसरीको वराहक्षेत्रमा नगर स्काउट तदर्थ समिति गठन गरिएको छ ।
जिल्ला समन्वय आयुक्त लक्ष्मण राईको रहोबरमा स्काउटरहरूलाई भेला गरी मंगलबार समिति गठन गरिएको हो । पवित्रा श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यहरूमा सुरज भट्टराई, सृजना पौडेल, मिन खड्का, नरेन्द्र खत्री, कलम खड्का, प्रवेश परियार, मनु तामाङ, यमुना बुढाथोकी, प्रताप बस्नेत र सुनिल खत्री रहेका छन् ।
यसक्रममा गठित समितिबारे वराहक्षेत्रका नगर प्रमुख निलम खनाललाई जानकारीसहितको ज्ञापन–पत्र बुझाइएको धरान नगर तदर्थ समितिको संयोजक वीरेन्द्रबहादुर साहले जानकारी दिए ।