धरान / धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र उनीहरुका अभिभावकलाई सम्मान गरेको छ । 

अघिल्ला वर्ष कक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार दिँदै आएको स्कुलले स्कुलले यसपटक भने उत्कृष्ट हुने विद्यार्थीलाई मात्र होईन उनका अभिभावकहरुलाई पनि सम्मान गर्न सुरु गरेको हो । 

शनिबार स्कुलमा आयोजीत कार्यक्रममा स्कुलले उनीहरुलाई ‘हिरोज् अफ २०७७’ उपाधी सहित खादा ओढाएर सम्मान गरेको हो । त्यसरी सम्मानित हुनेमा १५ जना विद्यार्थी र उनीहरुका अभिभावक छन् ।  कार्यक्रममा प्ले ग्रुपका विद्यार्थी र्यान गुरुङ र उनका अभिभावक ताराबहादुर गुरुङ, नर्सरीका चासुम राई र अभिभावक दिलकुमार राई, एलकेजीकी हिम्सा लिम्बु र अभिभावक मानबहादुर लिम्बु, युकेजीबाट दिप्ति राई र अभिभावक दिपक राई तथा प्रमिस श्रेष्ठ र अभिभावक मिलन श्रेष्ठ सम्मानीत भए ।

samman (9)

त्यस्तै कक्षा १ बाट उत्कृष्ट हुने सिनम लिम्बु र अभिभावक सुशिल लिम्बु तथा आयुष साह र अभिभावक रामकुमार साह, कक्षा २ बाट उत्कृष्ट हुने जेनेसिस राई र अभिभावक मिलन राई, कक्षा ३ बाट उत्कृष्ट हुने खुसी राई र अभिभावक मानकुमार राई, कक्षा ४ बाट उत्कृष्ट हुने समिक्षा राई र अभिभावक हर्कबहादुर राई, कक्षा ५ बाट उत्कृष्ट हुने अलोन तामाङ र अभिभावक राजकुमार तामाङ, कक्षा ६ बाट उत्कृष्ट हुने दिपिका राई र अभिभावक विकास राई, कक्षा ७ बाट उत्कृष्ट हुने आर्यन साह र अभिभावक विमल साह, कक्षा ८ बाट उत्कृष्ट सुप्रिया तामाङ र अभिभावक बालकुमार तामाङ तथा कक्षा ९ बाट उत्कृष्ट हुने सिसम गुरुङ र अभिभावक बाबुराम गुरुङलाई सम्मान गरिएको हो । आफ्ना छोराछोरीसँगै सम्मानीत हुन पाउँदा अभिभावकहरु पनि निक्कै खुसी देखिन्थे । उनीहरु आफ्ना छोराछोरीको परिश्रमले आफुलाई पनि सम्मान मिल्दा अत्यन्त खुसी लागेको बताउँछन् । 

अभिभावकको रेखदेख र मिहिनेतका कारण विद्यार्थीहरु उत्कृष्ट हुन सम्भव भएको भन्दै स्कुलले विद्यार्थीसँगै अभिभावकलाई सम्मान गर्न सुरु गरेको स्कुलका निर्देशक गंगाराम राई बताउँछन् । उनी   विद्यार्थीको पढाई राम्रो बनाउन अभिभावकले गर्ने व्यवहार, दिने समय, रेखदेख जस्ता कुराले महत्व राख्ने भएकाले उनीहरु पनि सम्मानका भागिदार रहने बताउँछन् । भन्छन्, ‘अभिभावकलाई आफ्ना नानीहरुको पढाईमा प्रोत्साहन गर्न र स्कुलमा समेत आएर आफ्ना छोराछोरीको पढाई बारे बुझ्न हौसला दिनका लागि पनि यस्तो अभियान सुरु गरिएको हो ।’