३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको जापानमा औपचारिक उद्घाटन गरिएको छ । 

कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

मार्चपासमा नेपालको राष्ट्रिय झण्डा भने पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले बोकेका थिए ।

टोकियो ओलम्पिकमा ३३ खेलको ३३९ इभेन्ट समावेश छन् । जसमा विश्वभरबाट ११ हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

समारोहमा कोभिड–१९ बाट ज्यान गुमाउनेहरुप्रति केही समय मौन धारण समेत गरिएको थियो । 

त्यसपछि ओलम्पिकमा सहभागी देशहरुको परेड शुरु भयो । सबैभन्दा पहिले आधुनिक ओलम्पिकको शुरुवात भएको ग्रीसको मार्चपास भएको थियो ।