धनकुटा(ब्लाष्ट) – काँकडभिट्टा देखी भोजपुर तर्फ जाँदै गरेको यात्रु वाहक वस आईतवार ११ वजे धनकुटाको पाख्रीवास नगरपालिका वडा नं.५ स्थित् त्रिशुली भिरमा दुर्घटना भएको छ ।
प्रदेश १.०१.००१ ख ३४२९ नम्वरको त्रिशक्ती ट्राभल्स नामक यात्रुवाहक वस भोजपुरको लागी आईतवार विहान काँकडभिट्टाबाट छुटेको थियो । करिव ३५ जना यात्रु बोकेर भोजपुर तर्फ जाने क्रममा पाख्रीवास न.पा.५ पञ्चे स्थित् त्रिशुली भिरमा ब्रेकफेल भई दुर्घटना हुँदा २२ जना यात्रु घाईते भएको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले ब्लाष्टलाई बताए ।
खड्काका अनुसार वसमा कति यात्रु थिए एक्किन नभएको घाइेत सवैको पाख्रीवास स्वास्थ्य चौकी तर्फ उद्धार गरि पठाएको बताए । उनले कतिपय घाईतेको अवस्था गम्भिर हुन सक्ने बताए ।
घाईतेको विवरण तत्काल उपलव्ध गराउन नसकिएको घट्ना स्थल पुगेका खड्काले बताएका छन् । यात्रुवाहक वस ब्रेकफेल हुँदा अनियनित्रत् भै सडको भित्तामा ठोकिएर सडकमै पल्टिएको छ । दुर्घटनाको पुर्ण विवरण भने आउन बाँकी नै छ ।