धनकुटा (ब्लाष्ट) / काँकडभिट्टा देखी भोजपुर तर्फ जाँदै गरेको यात्रु वाहक बस आईतवार ११ वजे धनकुटाको पाख्रीवास नगरपालिका वडा नं.५ स्थित् त्रिशुली भिरमा दुर्घटना हुँदा २३ जना घाईते भएका छन् ।
घाईते मध्ये ९ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । बाँकि १४ जनाको अवस्था सामान्य रहेको छ ।
दुर्घटनामा परी गम्भिर घाईते हुनेहरुमा सुजना विश्वकर्मा पथरी न.पा.४, मोरङ, जितबहादुर तामाङ अर्जुनधारा न.पा.११ झापा, तिलक खड्का रामप्रसाद न.पा.६, भोजपुर, रमेश थापा मेची न.पा.६, झापा, सल बहादुर विश्वकर्मा प्याउली गा.पा.६, भोजपुर, रविना भण्डारी महालक्ष्मी न.पा.६ धनकुटा र सूजन अधिकारी मेची न.पा.७ झापा रहेका छन् ।
गम्भिर घाईते भएका चार जनालाई घट्ना स्थलबाटै सोझै धरान वी।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो भने जिल्ला अस्पताल धनकुटामा ल्याइएका ७ जना मध्ये १ जनालाई पनि वी।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ । अन्य घाईतेकको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
प्रदेश १.०१.००१ ख ३४२९ नम्वरको त्रिशक्ती ट्राभल्स नामक यात्रुवाहक वस भोजपुरको लागी आईतवार बिहान काँकडभिटाबाट छुटेको थियो ।
पैंतिस जना यात्रु वोकेर भोजपुर तर्फ जाने क्रममा पाख्रीवास न।पा।५ पञ्चे स्थित् त्रिशुली भिरमा ब्रेकफेल भई दुर्घटना हुँदा २३ जना यात्रु घाईते भएको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले ब्लाष्टलाई बताए ।
यात्रुवाहक वस ब्रेकफेल हुँदा अनियन्त्रित् भै सडकको भित्तामा ठोकिएर सडकमै पल्टिएको छ । बसको सहचालक घाईते अवस्थामा भेटिएका छन् भने चालक प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।