राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो इडिट गरी टिककट भिडियो बनाएर सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका अनुसार उक्त कार्यमा संलग्न रहेको आरोपमा झापाको मेचीनगर नगरपालिका–६ बस्ने सोमप्रसाद घिमिरेलाई पक्राउ गरिएको हो ।

उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

जिल्ला अदालतको आदेशले घिमिरेलाई ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

222695655_4056423051122086_6443599210421581728_n