पथरी(ब्लाष्ट) दलित महिलालाई कुटपिट गरेको आरोपमा मोरङको पथरीशनिश्चरे–४, महेन्द्र चोकका पत्नी हेमा नेपाल र पती डिल्लीराम नेपाललाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।
दम्पतीले सोही वडाकी छिमेकी ४२ बर्षिय बर्षा दर्जीलाई मरनासन्नहुने गरी कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको हो ।उनिहरुले साउन ६ गते साँझ ४ बजे कुटपिट गरेका थिए ।
दर्जीले आफ्नै बारीमा घाँस काट्ने क्रममा कुटपिट गरेकाथिए । खेतको हिलोमा चोबाल्दै कुटेपछि उम्कीएर रगत पक्ष भएर इलाकाप्रहरी कार्यालय पथरीमा सोही समयमा पुगेर हारगुहार मागेकी थिइन । पीडित घाइते बर्षाले सोही बेलाकुटपिट गर्ने विरुद्ध जाहेरी दिए पनि प्रहरीले भने दर्ता नगरेको उनि बताउँछिन ।
पथरीको मोरङ अस्पतालमा उपचार गराइरहेकी बर्षा दर्जी डिल्लीराम नेपालले आफूलाई टाउको र अनुहारमा लात्ति र बाक्सिङले कुटपिट गरेको बताएका छन् । बर्षाको अनुहार र टाउकोमा निलडाम र चोटहरु देखिएको छ । दुई जनाले हिलोमा चोभलेर निरन्तर कुटपिट गरे पनि फुत्किएर कुदेर भागेको गाउँमा सबैले देखेको बर्षाको भनाइ छ ।

उनिहरुको जग्गाको सीमानामा घाँस काटेको निहुँमा दुई पक्षवीच झगडा भएको थियो । हेमा नेपाल र बर्षा दर्जी वीचको झगडामा हेमाकी पति डिल्लिराम नेपाल आएर थपिए पछि तीनजनामा झगडा भएको थियो ।
बर्षा दर्जी (दमै)को छोरी भएपनि कंसाकार(नेवार) सँग विवाह गरेकी हुन् । आफ्नै जग्गामा घाँस काटिरहेको बेला नेपाल दम्पति ‘डुम्री’ किन घाँस काट्छस भन्दै आएर कुटपिट गर्न थालेको बर्षाको भनाइ छ ।
हेमा नेपालले भने आफूहरुले कुटपिट नगरेको झगडा परिरहेको बेलापति डिल्लिराम आएर छुटाएको बताउँछन । यद्यपि पथरीको मोरङ अस्पतालमा उपचार गराइरहेकी बर्षाको शुक्रबार बिहान बान्ता (उल्टी) भएपछि स्वास्थ्यकर्मीले टाउकोको सीटी स्क्यान गर्नुपर्छ भनेपछि विराटनगरको नोवेल अस्पतालमा रिफर गरेका थिए ।
नोवेलको स्वास्थ्यकर्मीले दुई हप्ताको औषधी दिएको र टाउकोमा दाग देखिएकोले दुई हप्तापछि पुन सीटी स्क्यान गर्नुपर्छ भनेर सल्लाह दिएको बर्षाले बताइन् ।
यस विषयमा दलितहरुको विभिन्न संस्थाहरुले पक्राउ गर्न दवाव दिदै आएकाथिए । तर पक्राउ गर्नु भन्दा पनि इप्रका पथरी मिलाउने पक्षमा लागि परेको थियो । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कुष्ण खड्काले पीडित पक्ष नमिल्ने भएपछि आइतबार मुद्धा दर्ता गरेर दम्पतीलाई पक्राउ गरेको छ ।
प्रमुख डीएसपी कुष्ण खड्काले एक दिन अघि सामाजिक रुपमामिल्ने कुरा आएपछि केहीदिनमिल्ने समय दिएको र नमिल्ने भएआइतबार साउन १०, मुद्धा दर्ता गर्ने बताएका थिए ।
घट्नापछि बर्षा दर्जीले आफूमाथि कुटपिटको साथै हिंसा भएको भन्दै जाहेरी दिएकी थिइन भने हेमा नेपालले पनि आफूमाथि पनि आक्रमण भएको ठाडो उजुरी दिएकीथिइन् । यद्यपि दुवै पक्षको शारीरिक अवस्था हेर्दा बर्षा दर्जी (कंसाकार)को टाउको, अनुसार, जीउमा चोटपटक देखिएको छ ।
उनको हिलाम्मे र रगतपक्ष भएर इलाकाप्रहरी कार्यालय पथरीमाआएको फोटो सार्वजनिक भएको थियो । हेमा र उनको पतिको भने उपचार गर्नुपर्ने गरी अनुहारमा निलडाम र चोट देखिएको छैन ।

