२०१९ सालमा धरान नगर पञ्चायतमा प्रधानपञ्च बनेका सुर्यप्रसाद उपाध्यायकाे निधनमा धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ ।

  धरान १४ निवासी उपाध्यायकाे धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा  आइतबार ८५ बर्षकाे उमेरमा निधिन भएकाे थियाे । उपमहानगरपालिकाले उनकाे निधन प्रती शाेक व्यक्त गर्दै एक सुचना जारी गरी आज  नगर कार्यपालिकाको कार्यालय र मातहतका सबै कार्यालयमा विदा दिइकाे छ । 

वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा जारी  सुचनामा अत्यावश्यक  बाहेक सबै सेवाहरूमा बिदा दिएकाे उल्लेख गरिएकाे छ । 

 उपाध्याय पञ्चायती व्यवस्थाका धरानका प्रथम  प्रधानपञ्च हुन् । २०२८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित भएका उनलाइ  २०४३  सालमा तात्कालिन सरकारले  जनकपुर अञ्चलको अञ्चलाधिश  बनाएका थिए ।