धनकुटा/ धनकुटा महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ बर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
आइतबार दिनको साढे ३ बजे आफ्नै बारीमा घाँस काटीरहेको अवस्थामा उनकै बहिनी १५ बर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भिर घाईते भएकी टंकमायाको सैनिक अस्पताल ईटहरीमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको थियो ।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।