झापा/ झापा दमक नगरपालिका –८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ वर्षिय पदम सुब्बा, दमक ५ का २९ वर्षिय कैलास लिम्बु, सोही स्थानका ३३ वर्षिय मोहन ढुंगाना, दमक ६ का ३८ वर्षिय द्रोणचार्य कार्की, सोही स्थानका ५० वर्षिय प्रेम सुब्बा र सोही स्थानका ५० बर्षीय भिम सुब्बा रहेका छन् ।
हिजो बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाईरहेको छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास ३ बुङ, नगद १ लाख ६० हजार सहित पक्राउ गरेको हो ।
पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।