इजरेलको स्वामित्त्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक उक्त ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भएको थियो । 

इजरेलको स्वामित्त्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक उक्त ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भएको थियो ।

यूके र अमेरिकाले ओमानी तटमा रहेको इजरेलद्वारा सञ्चालित एउटा तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको आफूहरूलाई विश्वास लागेको बताएका छन् ।

उनीहरूले घटना अन्तर्राष्ट्रिय कानुन विपरीत भएको भन्दै त्यसको जवाफ दिइने बताए ।

इरानले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

इजरेलको स्वामित्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक उक्त ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भएको थियो ।

त्यस क्रममा एक जना ब्रिटिश र एक जना रुमेनियाली नागरिक मारिएका थिए ।

इजरेलको आक्रोश

इजरेली प्रधानमन्त्री नाफ्ताली बेनेटले उक्त घटनामा आफ्नो चिरकालीन शत्रु इरानको हात रहेको ‘प्रमाण’ रहेको बताएपछि अमेरिका र यूकेको यस्तो वक्तव्य आएको हो ।

बेनेटले चेतावनी दिँदै “हामीलाई थाहा छ, इरानलाई कसरी हाम्रै हिसाबले सन्देश पठाउनुपर्छ’ भनेका छन् ।

तेहरानले चाहिँ “आधारहीन आरोप’ भन्दै उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

उक्त ट्याङ्करमा भएको हमला इजरेल र इरान बीचको अघोषित छद्म युद्धमा तनाव बढाउने पछिल्लो घटनाका रूपमा देखापरेको छ ।

गत मार्चदेखि इजरेल र इरानद्वारा सञ्चालित कैयौँ पानी जहाजहरूमा आक्रमण भएका छन् ।

इजरेली प्रधानमन्त्री नाफ्ताली बेनेटले उक्त घटनामा आफ्नो चिरकालीन शत्रु इरानको हात रहेको “प्रमाण’ रहेको बताएपछि अमेरिका र यूकेको यस्तो वक्तव्य आएको हो ।

इजरेली प्रधानमन्त्री नाफ्ताली बेनेटले उक्त घटनामा आफ्नो चिरकालीन शत्रु इरानको हात रहेको “प्रमाण“ रहेको बताएपछि अमेरिका र यूकेको यस्तो वक्तव्य आएको हो ।

ती घटनाहरूलाई एक अर्काले ’जस्ताको त्यस्तै जवाफ’ दिने उद्देश्यले गरेको जस्तो देखिन्छ ।

त्यस्ता घटनामा मानिसहरूको ज्यान भने कमै गएको देखिएको छ ।

इरानले पनि इजरेलले आफ्नो परमाणु केन्द्र र आफ्ना वैज्ञानिकलाई निसाना बनाएको आरोप लगाउँदै आएको छ ।

यूके र अमेरिकाले के भने?

एउटा वक्तव्यमा यूकेका विदेशमन्त्री डोमिनिक राबले इरानले उक्त ट्याङ्करमा आक्रमण गर्न एउटा वा त्यसभन्दा बढी ड्रोनको प्रयोग गरेको हुनसक्ने लन्डनको विश्वास रहेको बताएका छन् ।

उनले त्यसलाई “नियोजित, निसानामा पारेर गरिएको र एउटा स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ भनेका छन् ।

“इरानले त्यस्ता आक्रमण अन्त्य गर्नै पर्छ र पानी जहाजहरूलाई स्वतन्त्र रूपमा आवतजावत गर्न दिनुपर्छ,’ उनले भने ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले वासिङ्टन पनि इरानले उक्त घटना गराएकोमा विश्वस्त रहेको बताएका छन् ।

उनले त्यसको “उचित जवाफ दिइने’ बताएका छन् ।

इरानले भने सबै आरोपहरूलाई अस्वीकार गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले इजरेलले असुरक्षा, आतङ्क र हिंसा सिर्जना गरेको बताए ।

उनले भने, “इजरेलले यस्ता आधारहीन आरोपहरूलाई रोक्नै पर्छ ।’ बीबीसी