मोरङ। उदयपुर बेलका नगरपालिका ८ कोठूस्थितबाट गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाऊपालिका ८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेम राज राई रहेका छन् ।

आइतबार बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को१ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम  गाँजा फेला पारेको थियो ।

गाँजा फेला परे पश्चात सोधपुछ गर्दा उक्त गाँजा नबिन्द्र र हेमराज राईको खुल्न आएसँगै उनहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लगि थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।