झापा/ झापाको गौरादह नगरपालिका १ गौरादह बजार स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् ।
एक जना फरार रहेका छन् ।
हिजो (मंगलबार) दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे७ प ६७६७ नम्बरको मोटरसाईकलमा सवार रहेका ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला पारेको थियो ।

पक्राउ परेका ताजपुरियालाई सोधपुछका क्रममा उनले भने ‘मैले गौरादह २ का ३९ बर्षीय सुमन कुमार कार्कीबाट खरिद गरेको हो’उनले भने ।
त्यस पश्चात तत्कालै प्रहरी टोली खटि गई कार्कीको घरकोठा भित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको थियो ।
सुमन कुमार कार्की भने तत्काल फरार रहेकोले खोजतालस भईरहेको प्रहरीले जानकारी दिएको छ ।