विराटनगर – १२ रोडशेष चौकदेखि दक्षिणमा रहेको संगम गीत गजलमा प्रहरीले छापा मार्दा १२ जना जुवाडेले पक्राउ परेका छन् ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको ब्यूरो टोली र मोरङ प्रहरीदेखि खटिएको टोलीले गीत गजलका संचालक बिमल मुखियासहित १२ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालदेखि २ लाख ३० हजार भन्दा बढी रकम बरामद गरेको छ ।
गजलमा राति ९ बजेसम्म रमाइलो गरेपछि जुवा खेल्ने गरेको प्रहरीलाई सूचना आएको थियो । सूचनाका आधारमा प्रदेशको ब्यूरो र मोरङ प्रहरीले शुक्रबार राति छापा मारेको थियो ।

पक्राउ परेका १२ जना जुवाडेलाई मोरङ प्रहरीले आइतबार १० बजेपछि म्याद थप गर्न लैजाने तयारी गरेको छ ।
पक्राउ परेका प्रतिवादीहरूलाई प्रहरीले जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप हुन्छ ।
मोरङ प्रहरीले पक्राउ परेका प्रतिवादीहरूको नाम म्याद थप भएपछि सार्वजानिक गर्ने तयारी गरेको छ ।
‘जुवा खालदेखि १२ जनालाई पक्राउ गरेर ल्याएका छौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’
स्रोतले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा होटल संचालकदेखि प्रहरीसम्म जुवा खालमा रहेको बुझिएको छ ।
प्रदेश प्रहरीका एक जना प्रहरी पनि जुवाको खालदेखि पक्राउ परेका छन् ।