इरानको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका एक नेता इरानकै एउटा सहरको मेयरमा निर्वाचित भएका छन् । 

इरानको प्रतिनिधिसभाको सांसदसमेत  भएका एलिरेज जाकिनी इरानको राजधानी तेहरान सहरको मेयरमा निर्वाचित भएका हुन् ।

उनी मेयरमा निर्वाचित भएको आइतबार घोषणा गरिएको छ ।

उनले आफ्नो नगरमा रहेका लागुऔषध दुव्र्यसनी, बाल मजदुरी, मगन्तेलगायतका समस्या समाधान गर्ने अठोट गरेक छन् ।  

लामो समयदेखि राजनीतिमा सक्रिय जाकानीले सन् २०१३, २०१७ र २०२१ मा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका थिए । 

सन् २०१३ र २०१७ मा उनको उम्मेदवारीलाई आधिकारीक निकायले अयोग्य घोषणा गरेको थियो भने हालै सन् २०२१ मा भने उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । 

हालै निर्वाचित इब्राहिम रायसीलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

रायसीलाई निर्वाचित गराउन उनले प्रमुख प्रचारकको रूपमा भूमिका खेलेका थिए ।

त्यसको बदलामा रायसीले पनि जाकानीलाई निर्वाचित गराउन भूमिका खेलेका थिए । 

अहिले झण्डै ५५ वर्ष भएका जाकानीका श्रीमती र तीन सन्तान छन् । तेहरान चिकित्सा शिक्षा विश्वविद्यालयमा अध्ययन गर्नुभएका जाकानी इरानी अनलाइन पत्रिका र साप्ताहिक पत्रिकाको सञ्चालकसमेत छन् ।