सुनसरी । अदालतले दोषी ठहर गरेर फरार रहेका अपराधीलाई पक्राउ गर्ने सुनसरी प्रहरीको अभियानले सफलता पाएको छ । 

विभिन्न आपराधिक घटनामा संलग्न देखिएका तथा सुनसरी जिल्ला अदालतबाट कैद र जरिवाना तोकी फैसला भएपनि लामो समयदेखि फरार रहेका २३८ जना अभियुक्तलाई सुनसरी प्रहरीले एकमहिनाको अवधि नियन्त्रणमा लिएको छ ।

अदालतले तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरु खोजतलास गरी फैसला कार्यान्वयन गराउने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले श्रावण १ गते देखी चलाएको अभियानको क्रममा २३८ जनालाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालतमा पेश गरेको एसपी संजयसिंह थापाले जानकारी दिए ।

पक्राउ परेका फरार प्रतिवादीहरु - कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते,जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकिएकाहरु छन ।

पक्राउ परेका फरार प्रतिवादीहरुवाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने रुनौलाख पैतिस हजार तिनसय उनान्साठी रुपैया जरिवाना समेत असुल भएको सुनसरी प्रहरीले जनाएको छ ।