अर्जेन्टिनी फुटबल टिमका कप्तान तथा सुपर स्टार लिओनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा ९पीएसजी०मा अनुबन्धित भएका छन् ।
पीएसजीमा अब मेस्सी , किलिएन एमबाप्पे र नेयमारसहितको अट्याकिङ लाइन हुनेछ । यसअघि बार्सिलोनामा मेस्सी, लुइस सुआरेज र नेयमार जसलाई एमएसएम भनिथ्यो थिए ।
मेसीले मंगलबार फ्रेन्च लिग वान क्लब पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका छन् । स्पानिस क्लब बार्सिलोना छाडेको दुई दिनपछि नै फ्रेन्च क्लबले ३४ वर्षीय मेस्सीलाई पेरिसमा भित्र्याउँदै दुई वर्षका लागि अनुबन्ध गरेको हो ।
यस्तै मेस्सीका लागि तेस्रो वर्ष पनि पेरिसमै बस्ने विकल्प खुल्ला गरिएको छ । पीएसजीले मेस्सीलाई फ्रि एजेन्टका रुपमा अनुबन्ध गरेको हो ।
पीएसजीको अबको एउटै चाहना च्याम्पियन्स लिग जित्नु हो । मेस्सीको आगमनपछि पीएसजी थप बलियो बनेको छ ।
यसअघि नै पीएसजीले फ्रि ट्रान्सफरमा जर्जिनिओ विजनाल्म, सर्जियो रामोस र जियानलुजी डोनारुम्बालाई भित्र्याइसकेको छ । त्यसअघि अच्रफ हाकिमीलाई पनि अनुबन्ध गरिसकेको छ ।
मेस्सीसहित ५ नयाँ खेलाडी भित्र्याएको पीएसजीले हरेक पोजिसनलाई बलियो बनाएको छ ।
युरो २०२० को उत्कृष्ट खेलाडी बनेका इटालियन गोलकिपर डोनारुम्माले पीएसजीको गोलपोष्ट सम्हाल्ने सम्भावना छ । यस्तै डिफेन्स लाइनमा रामोस र हाकिमीसँगै कप्तान मार्क्विन्होस र उपकप्तान प्रेसनल किम्बेम्पे हुनेछन् ।
एन्जल डि मारिया र मार्को भेराट्टीलाई मिडफिल्डमा सघाउन विजनाल्डम आइपुगेका छन् भने अट्याकमा नेयमार र एमबाप्पेसँगै अब मेस्सी थपिएका छन् ।
मेस्सीले पीएसजीको खेलाडी र स्टाफको क्षमताको बारेमा आफू जानकार रहेको पनि बताए । ‘म उनीहरुसँगै मिलेर क्लबमा राम्रो गर्न प्रतिबद्ध छु ।’ मेस्सीले पार्क डे प्रिन्सको पिचमा जान समेत आफू आतुर रहेको बताए ।
त्यस्तै पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले मेस्सीलाई आफ्नो भित्र्याउन पाउँदा निकै खुसी लागेको बताएका छन् । ‘लिओ मेस्सीले पीएसजीलाई छनोट गरेकोमा म खुशी छु र उनलाई पेरिसमा हाम्रो परिवारमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ,’ नासेरले भने ।
मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने भएका छन् ।
मेस्सी १३ वर्षको उमेरमै सन् २००० मा बार्सिलोनामा आबद्ध भएका थिए । उनले ला मासियाको युथ एकेडेमी हुँदै २००३ मा सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले क्याटलान क्लबका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । उनी बार्सिलोना र ला लिगाका कीर्तिमानी गोलकर्ता समेत हुन् । ६ पटका बालोन डे ओर अवार्ड विजेता मेस्सीले बार्सिलोनामा १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित कुल ३५ वटा उपाधि जितेका थिए ।
पीएसजी युरोपियन च्याम्पियन्स लिग जित्ने महत्वकांक्षाका साथ पछिल्लो वर्ष स्टार खेलाडीहरु अनुबन्ध गरिरहेको छ । ला लिगाको आर्थिक नियम बाधक बन्दा मेस्सीले दुई दिनअघि मात्र आफ्नो प्रिय क्लब बार्सिलोना छाड्नुपरेको थियो ।
६ पटकका बालोन डे ओर अवार्ड विजेतालाई अनुबन्ध गरेपछि पीएसजीमा अब मेस्सीसंगै नेमार र किलिएन एमबाप्पेको अट्याकिङ लाइन हुनेछ ।
यसअघि नै पीएसजीले अच्रफ हाकिमीलाईलाई इन्टरबाट अनुबन्ध गरेको थियो भने सर्जियो रामोस, जर्जिनिओ विजनाल्डम र जियानलुजी डोनारुम्बालाई फ्रि एजेन्टको रुपमा अनुब्धन गरेको थियो ।
बार्सिलोनामा दुई दशक भन्दा बढी समय बिताएर पीएसजी पुगेका मेसीले नयाँ क्लबमा करियर शुरु गर्न आफू आतुर रहेको बताएका छन् ।
‘पेरिसमा मेरो करियरको नयाँ अध्ययाय सुरु गर्न म उत्साहित छु । यस क्लबको सपना मेरो महत्वाकांक्षासँग मेल खाने खालका छन् ।,’ मेस्सीले सम्झौतापछि भनेका छन् ।
अब पीएसजीमा सुआरेजको सट्टा एमबाप्पे छन् । बनेको छ एमएमएन अर्था मेस्सी , एमबाप्पे, नेयमार ।
एमएसएनले बार्सिलोनामा रहँदा उत्कृष्ट प्रदर्शन गरेका थिए । अब पीएसजीमा एमएमएनले कस्तो प्रदर्शन गर्छ त्यो हेर्न बाँकी छ तर के सत्य छ भने एमएमएन अहिले विश्वकै उत्कृष्ट अट्याकिङ लाइन भने बनेको छ ।
सुआरेज सन् २०१४ मा लिभरपुलबाट क्याटलान क्लबमा आबद्ध भएपछि मेस्सी , सुआरेज र नेयमारले बार्सिलोनामा तीन सिजन सँगै खेलेका थिए । सन् २०१७ मा नेयमार पीएसजी गएपछि यो ट्रिओ छुटेको थियो ।
त्यस समय यी तीन मिलेर ३६४ गोल गरेका थिए भने १७३ असिस्ट गरेका थिए ।
यस्तै तीन जना सँगै हुँदा बार्सिलोनाले दुई ला लिगा, तीन कोपा डेल रे तथा स्पानिस सुपर कप, च्याम्पियन्स लिग, युईएफए सुपर कप र फिफा क्लब वर्ल्ड कप एक(एक पटकसमेत जितेका थिए ।
तीन सिजन, ५०० भन्दा बढी गोल प्लस असिस्ट अनि ९ ट्रफी । यसले एमएसएनलाई चिनाएको थियो ।