नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १७ जना खेलाडी बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४५ जना खेलाडीबाट घटाएर दोस्रो चरणमा २८ खेलाडी राखेको छ ।

नेपाली टोलीले एएफसी महिला एसिया कपको छनोटका लागि प्रशिक्षण गरिरहेको छ ।

नेपालले आगामी सेप्टेम्बर १३ देखि २५ सम्म एसियन कप छनोट खेल्दैछ ।

त्यसका लागि तयारी गरिरहेको छ । समूह एफमा रहेको नेपालले फिलिपिन्स र हङकङसँग खेल्नेछ ।

यस समूहको खेल शुरुमा नेपालमै हुने तय थियो तर पछि उज्वेकिस्तानमा सारिएको छ ।

छनोटअन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

पाँचजना नेपाल पुलिसका खेलाडी परीक्षाका कारण सहभागी भएका थिएन् ।

त्यस्तै, एकजना खेलाडी कोरोना संक्रमणका कारण प्रशिक्षणमा सहभागी भएकी थिएनन् ।

प्रशिक्षणमा रहेका २८ खेलाडी

अन्जन राना मगर,एन्जिला तुम्बापो सुब्बा,उषा नाथ, अमिषा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, विमला विक, विमला चौधरी, दीपा राई ,गीता राना, हेमा चौधरी, हीराकुमारी भुजेल, इन्दिरा राई,  मनिषा राउत, मन्जली तामाङ योञ्जन,  निशा थोकर, प्रीति राई, पूजा राना, पुनम जर्घामगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना,   सरु लिम्बु , शर्मिला थापा, सृजना सिंह