बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले झापाको बिर्तामोड बसपार्कबाट २० ग्राम लागूऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

नयाँ बसपार्कको मिलन चोक भन्ने स्थानबाट अर्जुनधारा नगरपालिका–५ बस्ने मनोज चौधरी र बिर्तामोड नगरपालिका–५ बस्ने सुमन तामाङ्गलाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट २० ग्राम ब्राउन सुगर र मे २ प ८६८६ नम्बरको मोटरसाइकल बरामद गरेको जनाएको छ ।

पक्राउ परेका चौधरी र तामाङ्गले लागूऔषधको कारोबार गर्ने गरेको सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।