झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरिएको छ ।
हिजो बेलुका ४ बजे बिर्तामाेड ५ जात्रुबारी इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय रतन राजबंशी र २४ वर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलिग्रामसहित पक्राउ गरेको हो ।
त्यस्तै हिजै बेलुका ५ बजे बिर्तामोड १ चारपानेबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ कि देवी तामाङ र बिर्तामोड ५ कि २१ वर्षीया सीता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका चारै जना उपर इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।