मोरङको बेलबारी नगरपालिका १० भाउन्ने चोकस्थित झापाली होटलबाट नियन्त्रित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का २४ वर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका ४ का २९ वर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका ४ कै २९ वर्षीय विशाल राई रहेका छन् ।

हिजो बेलुका ५ बजे प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरी टोलीले झापाली होटलमा बसेका उनलाई चेकजाँच गर्दा प्रमाडोल क्याप्सुल ७०० पिस, स्पास्पेन गोटी ७०० पिस फेला पारेको थियो ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।