धरान । जबर्जस्ती करणी मुद्दामा फरार रहेका सुनसरी वराहक्षेत्र नगरपालिका–६ का २८ वर्षीय राजकुमार यादवलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । 

गत साउन १३ गते सुनसरी इटहरी उपमहानगर–६ स्थित सिद्धार्थ होटल एण्ड लजमा लगी करणी गरेको आरोपमा फरार यादवलाई विराटनगर महानगरपालिका–५ त्रिमूर्ति चोकबाट भदौ १ गते पक्राउ गरिएको हो । करणी मुद्दामा फरार यादवलाई जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यादवले प्रलोभनमा पारी एक युवतीलाई करणी गरी त्यसपश्चात् फरार रहेका थिए । पीडितका आफन्तले दिएको उजुरीका आधारमा उनीमाथि कारबाही अगाडि बढेको छ ।