धरान । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरमा दशैं अफर ल्याएको छ । 

दशैंतिहारलाई लक्षित गर्दै ‘दशैं आयो, उमङ्ग छायो, क्यासब्याकको साथै बम्पर पायो’ नाराका साथ उपहार योजना ल्याएको हो । यस उपहार योजना सुजुकीका सबै ब्राण्डका मोटरसाइकल र स्कुटरमा लागू हुने जनाइएको छ । सुजुकीका कुनै पनि ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ क्यासब्याक पाउनुका साथै हरेक दुई सातामा हुने बम्पर पुरस्कारका रूपमा सुजुकी इन्ट्रुडर बाइक पाइने जनाइएको छ ।

साथै एक वर्षसम्म रोड ट्याक्स, फाइनान्स र एक्सचेन्जको सुविधा पनि रहेको जनाइएको छ । जापानिज कम्पनीको सुजुकी ब्राण्डमा ग्राहकहरूको विश्वास बढ्दै गएकाले यस योजनाले ग्राहकलाई थप फाइदा पुग्ने जनरल म्यानेजर धिरज भट्टराईले बताए ।