धरान : धरान -३ कैलाश पथमा संचालनमा आएको स्वर्ण गृह प्रा. लीले ग्राहकहरुलाई सुनका गहनाहरु तोलामा खरिद गर्दा खरिद गरे बराबरको चाँदी सितैमा दिने बताएको छ ।
कोरोना महामारीले देशकै अर्थतन्त्र थङथिलो भएको अवस्थामा पनि धरानको माछाभौडीमा एक सुन पसल संचालनमा आएको छ । सो पसल संचालनमा ल्याएको उपलक्ष्यमा ग्राहकहरुलाई बोनस स्वरुप तोलामा तोला उपहार दिने घोषणा गरेको गृह प्रा .लीका संचालक निश्चल पराजुलीले जानकारी दिए ।
प्रेम कार्की र पराजुलीको संयुक्त लगानीमा संचालनमा आएको सो गृह प्रा लीमा खरिद गरेका गहनाहरु १ वर्षको अवधिमा टुटे फुटेमा नि: शुल्क बनाइ दिने र नि: शुल्क होम डेलिभरीको व्यवस्था गरेको उनीहरुले बताएका छन्।
डिजिटल प्रणाली अन्तरर्गतको गोल्ड एप धरानमा अब लञ्च गरेर आधुनिक ढङगले सुनको व्यापार गर्ने योजना रहेको संंचालक कार्कीले बताए ।

धरानका अन्य पसलहरु भन्दा सस्तो तथा गुणस्तरीय गहनाहरु उपलब्ध गराउने उनीहरुले दाबी गरेका छन्। संचालक कार्की भन्छन् ' सुन संस्कृती, सम्पती र सौन्दर्यताको प्रतिक भएकाले सुन व्यापारमा लगानी गरेका हौ । '