विजयपुर/दशैंतिहारको अवसरमा गोदरेजले ‘नाउ इज वाउ फेस्टिभल, कम खर्च धेरै बचत’ योजना ल्याएको छ । 

योजनाअन्तर्गत गोदरेजका इलेक्ट्रोनिक सामानको खरिदमा आकर्षक क्यासब्याक तथा उपहार पाउने छन् । गोदरेजका समान गरिद गर्दा ग्राहकले ३१ प्रतिशतसम्म क्यासब्याक पाउने कम्पनीले जनाएको छ । ३ जना ग्राहकले बम्पर उपहारमा ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडी टिभीसमेत जित्न सकिने कम्पनीले जनाएको छ ।

गोदरेजको रेफ्रिजेरेटर खरिदमा ३३ हजारसम्म, वासिङ मेसिन खरिदमा १५ हजार ३ सयसम्म, माइक्रोवेभ ओभनको खरिदमा ७ हजार ५ सयसम्म, एयर कुलरको खरिदमा ५ हजार २ सयसम्म ‘क्यासब्याक’ पाउने छन् । 

एसी खरिद गर्ने ग्राहकले जडानमा ४ हजार रुपैयाँ बराबरको निःशुल्क जडान गरिदिने कम्पनीले जनाएको छ । गोदरेजका सामानहरूमा वारेन्टी र निःशुल्क होम डेलिभरी सुविधा रहेको छ । समान खरिद गर्नेले बम्पर उपाहारमा सहभागी हुनका लागि ‘जिओडिएफओ’ टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको बिल नम्बरसहित ३१००१ मा म्यासेज पठाउन पर्नेछ ।

योजना भदौ ३० गतेदेखि निश्चित अवधिका लिएको जनाएको छ । गोदरेजका समानको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी इओएल रहेको छ ।