विजयपुर ।  बजाजले चाडपर्वको अवसरमा मोटरसाइकल एक्सचेन्ज तथा अपग्रेड 'महामेला' आयोजना गर्ने भएको छ ।

धरानमा बजाजको आधिकारिक विक्रेता अर्विन एण्ड ब्रर्दश अटोले महामेला आयोजना गर्ने भएको हो । आइतबारबाट सुरु हुने महामेला  २३ गतेसम्म सञ्चालन हुने भएको ।

 शनिबार पत्रकार सम्मेलन गर्दै महामेलामा पुरानो मोटरसाइकल अधिक मूल्याङ्कन गरी बजार मूल्यभन्दा १० हजार बढी दिने अर्विन एण्ड ब्रर्दश अटोका प्रबन्ध निर्देशक अर्विन तामाङले बताएका छन् । 
मेलाको अवसरमा कम्पनीले बिना ब्याजमा सरल फाइनान्सको सुविधा उपलब्ध गराउनुका साथै नगद तथा एक्सचेन्ज खरिद गर्ने ग्राहकले कुपन स्क्यार्च  गरी १० हजारदेखि १० लाखसम्म नगद जित्न सक्ने तामाङले जानकारी दिएको छ ।

उनका अनुसार कम्पनीले मेला अवधिभरमा हेलमेट र लेगगार्ड निःशुल्क उपलब्ध गराउने भएको छ। महामेला १ नम्बर प्रदेशमा धरानमा मात्र आयोजना हुने तामाङले बताएका छन् ।